- Advertisement -

- Advertisement -

सेयर बजारमा सामान्य बृद्धि, ४ अर्ब १८ करोडको कारोबार

- Advertisement -

- Advertisement -

काठमाडौं । आज सेयर बजारमा सामान्य बृद्धि भएको छ । बजार नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१ को विन्दुमा कायम भएको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ९४ लाख ३५ हजार ५४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ ।

- Advertisement -

- Advertisement -

आज सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

- Advertisement -

- Advertisement -

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक ऋणपत्र ८५ का इकाईधनीले कमाएका छन् आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै साधाना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...