
- Advertisement -
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । यसदिन नेप्से ९.३२ अंकले घटेर २११२.२९ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा १३ उपसमूहमध्ये दुई वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ वटा उपसमूहको परिसूचक घटेका छन् ।

- Advertisement -
यसदिन ३१३ वटा स्टकको ७७ हजार ३ सय १२ पटकको कारोबारमा ६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर काराेबार भएको छ ।

- Advertisement -
बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक २.०३ प्रतिशतले वृद्धि भएको छ भने अर्को बढ्ने उपसमूह विकास बैंकको परिसूचक १.३१ प्रतिशतले बढेको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह र उत्पादन तथा प्रसोधन उपसमूह रह्यो जसको परिसूचकमा समान १.०३ प्रतिशतको गिरावट आएको छ ।

- Advertisement -