- Advertisement -

- Advertisement -

पार्टी अध्यक्ष रन्जितालाई बाँकी सांसद मिलेर हटाए संसदीय दलको नेताबाट

- Advertisement -

- Advertisement -

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

- Advertisement -

- Advertisement -

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन् । यसअघि गंगाराम प्रमुख सचेतक थिए ।

- Advertisement -

- Advertisement -

प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन् । तीन सांसद मिलेर अध्यक्ष रञ्जितालाई संसदीय दलको नेताबाटै हटाएका हुन् । रञ्जिता र रेशमबीचको सम्बन्ध चिसिएपछि पार्टी धरासायी बनेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...