- Advertisement -

- Advertisement -

तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक, ङिङ्जे असोज १ गते प्रदर्शन हुने

पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण ङिङजे

- Advertisement -

- Advertisement -

काठमाडौ । पेमा लामा योञ्जनको प्रस्तुति तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा निर्माण पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ ट्रेलर सार्वजनिक भएको छ।

सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा चलचित्र निर्माण पक्षले विशेष पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको गीत ‘भर आरे जीन्दगीला’ र चलचित्रको टाइटल गीतको भिडियो एकै साथ सार्वजनिक र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाखिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

- Advertisement -

- Advertisement -

ह्याङ तामाङ घि तादोला भन्ने मुल नारा बोकेर सदैव चलचित्र मार्फत सन्देशको विगुल फुक्ने तामाङ चलचित्र ङिङ्जेले हाम्रा नेपाली समाजमा घटिरहेका यथार्थ विषयवस्तु समेटिएर निर्माण गरिएको चलचित्रमा तामाङ भाषा, संस्कार,संस्कृति, रितिरिवाज र हिमठिमलाई समेत मुख्य केन्द्रविन्दु बनाएर तयार पारिएको छ । मानव जीवनमा जन्मदेखी मृत्युसम्मको कथालाई समेटिएको चलचित्रको निर्देशक महानायक अमिर दोङले जानकारी दिनुभयो ।

चलचित्रमा अर्को पक्ष विषय वस्तु एउटा परिवारमा आफ्ना अभिभावकले मादक पदार्थ सेवन गर्दा आफ्ना छोराछोरीको भविष्यमा कत्तिको असर गर्छ,अभिभावकले मादक पदार्थ सेवन गर्दा मानशिक रुपमा छोराछोरीलाई कस्ता खालका असर गर्छ भन्ने खालका सन्देशमुलक विषय रहेको चलचित्र निर्माण पक्षले बताएका छन् ।

यो पनि पढ्नुहोस

But who has any right to find of existence in present

.

- Advertisement -

- Advertisement -

चलचित्र ङिङ्जे महानायक अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

चलचित्र द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ (तवला), सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिं र सानुबाबु घिसिङ रहेका छन् ।

यस चलचित्र छायांकन सकेर ६ वर्षपछि बल्ल यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक २ बजे विशेष प्रदर्शन हुने चलचित्र प्रेमी दर्शक सम्पुर्णलाई हल सम्म आएर चलचित्र हेर्नका लागि अनुरोध समेत गरिएको छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...