काठमाडौं !
लेखक: खोज अनुसन्धानकर्ता तथा समाज सेवी
भीष्म राज योङहाङ
परिचय: प्राचिनकालमा जव मानवहरुको विचार विकास भएर समूह–समूह बनेर बसोवास गर्न सुरु गरे तत्पश्चात सुरु–सुरुमा सामूहिक बसोबास गर्दा कति राम्रा घटनाहरु, कति नराम्रा घटनाहरु घटे होलान । तरैपनि समूहिक बसोबास मानव रक्षा र विकासको लागि उत्कृट सुरुवात भएकोले टिकाउनकै लागि पनि समूहका तु तु तुम्याङहरुले राम्रो कामको प्रशंसा र नराम्रो कामको दण्ड र जरिवानाको व्यवस्था गरे होलान् ।
त्यसै समयमा समूहका अगुवाहरुले निर्णय गरेको सवै कुराहरुलाई सामुहिक रुपमा आदर सम्मान गर्न थाले होलान् । त्यसैको आधारले गर्दा कालन्तरमा आएर याक्थुङ सभ्यता सुरु भयो होला र त्यसलाई जुग–जुग अमर राख्नको लागि सेवाभाव वा धर्म नामक दोस्रो रुपको विकास भयो होला । जव–जव समूहमा विकृती र विसंगती मौलाउन थाल्छ तव–तव धर्मको रुप देखाएर विकृती र विसंगतीलाई रोकथाम गरिने कामको सुरुवात गरे होलान् ।
समयसंग–संगै ब्यक्ति, समूह, समाज आदिलाई धर्मले सधै सत्य बाटो र शक्तिमा रहन निरन्तर अभिप्रेरित गरिरहेकोले मानव जीवनमा धर्म अति आवश्यकमा पारिएको हो । त्यसैले गर्दा मानव जातिमा धर्म एक शक्तिशाली संस्था बनेर जग बसाएको हो । अर्थात अलौकिक वा अदृश्य शक्ति माथिको आस्था वा विश्वास नै धर्म हो । तर धर्म नै सवै चिज भने पक्कै होइन । जोसँग सम्मानदिने र लिने क्षमता छ, ऊ सधै धर्मको अघि रहन्छ । त्यसैले समाजभन्दा धर्म अघि होइन ।
१ याक्थुङ: सावायेत्हाङका सन्तान याक्थुङहरु रैथाने÷धर्तिपुत्र÷आदिबासी हुन् । उनीहरु प्रकृतिक पूजक हुन तर निर्जिव वस्तु पूजक भने होइनन् । जहां आत्माले वास गरेको हुन्छ त्यस्ता वस्तुहरुमा माङको साक्षात्कार हुन्छ भन्ने विश्वास सम्झेर खुल्ला हृदयदेखि पूजा पाठ अर्थात पुज्दछन् । कालान्तरमा आएर विशेष झुण्ड–झुण्डलाई धर्म नामकरण दिन थालियो । त्यसैकारणले गर्दा याक्थुङ परम्परामा रहिआएको सत्य र झुटको फरक छुट्याउन प्रयोग गरिने शब्दलाई याक्थुङ धर्म भन्न थालियो ।
धेरैपछि आएर मानवहरुले धर्मलाई विभिन्न किसिमले वर्गिकरण गर्न थाले जस्तै: जातीयवादी धर्म, आत्मावादी धर्म, प्रकृति तथा पितृ पुकारवादी धर्म, बहुईश्वरवादी धर्म, एक ईश्वरवादी धर्म र अनिश्वरवादी धर्म आदि हुन्छन् भनेर । याक्थुङहरुलाई समयसंगै जन्मिएका अन्य–अन्यजातिहरुको धर्मले घेरेको र विभिन्न व्याख्या, विश्लेषण गर्न थालेकाले पिता, पुर्खा देखि मानिपूजी ल्याएको मुलवासी याक्थुङ जातिले मान्ने धर्म प्रकृति तथा पितृ पुकारवादी धर्म रहेको पुष्टि गरे । याक्थुङ धर्म पाँच किसिमले वनेको हुन्छ जस्तैःमाङ (ईश्वर), काल, कर्म, प्रकृति र जीवयी सवैको आ–आफ्नो स्थान हुन्छ र यो पूर्ण छ ।
याक्थुङ परम्परामा निर्जीव वस्तुहरुको पूजा अर्चना गरिदैन् तर मृत आत्माको भने सम्मानीत किसिमले पूजा अर्चना गरिन्छ । यसमा देवी देवताहरु जो यो निर्जीव वस्तु जस्तै पहाड, खोला–नाला, वन–जंगल, घाम–जुन, तारा–चट्टान आदिमा वास गर्छन् र मात्र पूजा अर्चना गरिन्छ । याक्थुङ परम्परामा पूजाका समर्थकमा जूनका लाभाङला माङ अथवा कामाला माङ, घामका नाम्माङला माङ अथवा मामान्दिङ माङ हुन जो क्रमश जून र घामका सृष्टिकर्ता हुन । अनि त्यहा वास गर्छन्, ती जून र घाम होइनन् । यस्तै प्रकारले पानी धारामा नागा–सो योवेदाङ् माङको पूजाका अनुचरणहरु रुख र चट्टानहरुमा सिङ्वुङ अथवा थिमेन्नम्मो माङ अथवा ताहाङवुङ माङ हुन, पानीधारा अथवा रुख र चट्टान होइनन् ।
अन्य धर्महरुमा मस्जिद, चर्ज, मन्दिर, माङ हिम, गुम्वा–चैत्य आदी हुन्छन् । तर याक्थुङ धर्ममा माङ युक्ना वा माङ धाङ हुन्छ । माङ युक्ना भनेको ईश्वर वस्ने गरेको पवित्र ठाऊ, जमिन, स्थान आदिलाई जनाउछ । याक्थुङ धर्म प्रकृतिक पुजक धर्म भएकोले यस ब्रह्रमाण्डको सजिव वा निर्जिव सवै वस्तुलाई हृदय देखिनै सम्मान र प्रगतिको कामना गर्दछ । अरु धर्मले यो गर त्यो गर भगवानले, अल्लाहले, येशुआदिले मुक्ति वा फल दिन्छ भन्ने हुन्छ ।
तर याक्थुङ धर्मले सवैलाई सहि दिशामा हिड्न सिकाउने एकमात्र माध्यम बनिदिने गर्छ । याक्थुङ धर्ममा यो गरे तिमीलाई राम्रो हुने छ, यो नगरे तिमीलाई राम्रो हुनेछ भन्नेमात्र हुन्छ । यो कर्म गरे यो फल दिने छ, यो यो चिज गरेमा तिमीलाई भगवानले मुक्ति दिनेछ भन्ने याक्थुङ धर्ममा कहि कतै हुदैन । त्यसैले यस धर्ममा याक्थुङहरुको अपार सम्मानले भरिएको हुन्छ । विशेषतय याक्थुङ भित्र पनि वभिन्न थर रहेकाले आ–आफ्नै कुल देवता हुन्छन् ।
जस्तै: नाहेन, दुङदुङ, मुया, सवा, युमा, काप्पोवा, हाङसाम् थेवा, मेयङ, असेक आदि माङ, साम्माङ (कुलदेवता, ईश्वर)लाई विशेष र सम्मानित ठाउ दिएर पूजा पाठ गर्ने गर्दछन् । यो धर्म वा मानव विकाससंगसंगै विकसित भएर आएको ईश्वरहरु हुन् । तर सम्पूर्ण याक्थुङहरुले साझा मान्ने पूज्ने याक्थुङ मुन्धुममा बणित माङहरु जस्तै : नवाचईत, माङनु साम्माङ पोक्मा, काक्नु तगिवा याप्मी पोक्मा, मी ताप्मा नावा, साम्वा, थेवा÷येमा नु फेदाङमा पोक्मा, सावा येत्नाम्वा, अक्वामा, तेन्धाम मेक्खिम् चोक्मा, मावाक्मा नु कुसासिलुम्मो तिङदिङ नाहेन पोक्मा, साम् सोघा, शशिक यङदङ, नेत्पुक्मा, इःत्नाम्भे, इःत्हिम चोक्मा नु तरङ थक्मा, येच्छाम्गेन् नाम्याप्मी नु साम्माङहा सेम्मा, के सामी नाम्सामी, वरकमा साम्माङ, मे फ्रामा साम्माङ, चोखोवा साम्माङ, चासोक थिसोक, सङवा नु माङगेना लुम्मो फुङवात्छिङमा मेन्नुमाना,हिम साम्माङआदि माङ साम्माङ (ईश्वर, देवता) हरु मान्दछौं । तर धर्म यसको त्यसको हुदैन । यस धर्म विशेष विशेषय याक्थुङहरुले मात्र मान्ने माङ हुन् ।
२ परिवर्तनको नामबाट बिकृत मानिसहरुको झुण्डबाट जन्मिएका धर्महरु
विशेषतः याक्थुङ जातिले दृष्यमा आएको कुनै पनि वस्तु वा प्रतिकलाई पुज्दैनन् तर त्यस भित्र अदृष्य शक्ति माङको बास रहेको विश्वास आत्मादेखि नै गरेमा पूजा पाठ गर्दछन् । वर्तमानमा आएर छिट्फुट घटना वा परिघटनालाई आधार वनाएर, माङ् शब्दलाई जताभावि दुरुपयोग गरेर नाटकिय रुपमा नयाँ धर्म नामक संस्था खोल्ने र त्यसलाई राजनीतिकरण गरि आफ्नो उदेश्य प्राप्तिको लागि हदैसम्म गिरेर केहि लिम्वुहरुको झुण्ड बनाई त्यसलाई प्रचार प्रसार गर्न भटाभट खोलि रहेका छन् । यसले समग्र याक्थुङ (लिम्वु) हरुलाई कदापि एकताको सुत्रमा बाधिरहन नसक्ने नै भयो । भाइ फुटे गवार लुटे झै भईरहेको छ । याक्थुङ धर्म एक घटना संगै हुर्कदै आएको परम्परा हो ।
प्रकृति पूजक याक्थुङहरु मन्दिर, मस्जिद, चर्च, माङहिम, मुर्ति आदि केहिमा विश्वास गर्दैनन् । याक्थुङ धर्म भित्रकै साम्माङहरुलाई धर्म वनाउने घातक खेलहरु भइरहेका छन् ।२.४ युमा धर्म सिक्किम: युमालाई धर्मको रुपमा मान्ने र मनाउने प्रचलन सिक्किमले पहिलो पटक सुरुगरेको देखिन्छ । युमा लिम्बुहरुको एक पवित्र इष्ट देवी हुन ।
२.५ युमा धर्म २०७५: युमा धर्म याक्थुङ परम्परासंग मिल्दो जुल्दो देखिने दोस्रो स्वरुप जस्तै भएको धर्म युमा धर्म हो । यो याक्थुङ चुम्लुङ संस्था वि.स. २०७५ मा सुनसरीमा दर्ता भएको हो । यसै संस्थामा आबद्ध नेपालका केही झुण्डले सामाजिक वातावणमा खलल पुर्याउन सिक्किमको नक्कल गर्दै लिम्बुहरुको धर्म युमा धर्म हो भनी प्रचार प्रसार गरिरहेका छन् ।