खोटाङमा गोरु काटेर भोज गरेको निहुँमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। आफ्नो कार्यकर्तालाई समेत पक्राउ गरेकोमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ सङ्गठनले बिरोध जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ।
प्रेस बिज्ञप्ति
मिति २०८०/०६/०९
उपरोक्त सम्बन्धमा २०८०/०६/०९ गते खोटाङ जिल्ला रावावेशी गाउँपालिका ६ का बादल गुरुङ, दि.रु.म.न.पा. १२ जालपाका गोपाल तामाङ, तिकमान तामाङ र तेज बहादुर तामाङलाई अपमान जनक ढंगले घरबाटै गोरु खाएको निहुमा प्रहरीले पक्राउ गरेकोमा गम्भिर ध्यानाकर्षण हुनुका साथै यसकार्यको घोर बिरोध र भत्र्सना गर्दछ ।
हिजो मिति २०८०/०६/०८ गते दि.रु.म.न.पा. १२ जालपामा सांस्कृतिक अभियान स्वरुप गोरु काटी भोजको आयोजना गरि मासु खाएको भन्ने आधारमा गाउँमा छिरेर प्रशासनले घर–घरमा बसिरहेका गाउँलेहरुलाई पक्राउ गर्ने, सोध्ने र दुःख दिने काम भइरहेको कुरा समेत जानकारीमा आइरहेको छ । यो विश्वव्यापी मूलबासी सम्बन्धी घोषणापत्र, विश्वव्यापी मानवअधिकार र मूलबासीहरुलाई प्रथाजनित कानुनको खिलापमा छ ।
राज्य प्रशासनले सुरक्षाको प्रत्याभुति गर्ने की आतंक फैलाउने हो ? यो गम्भिर चासोको बिषय भएको छ । राज्यले गोरु खाएको आधारमा पक्राउ गर्दै बस्ने की समस्याको समाधान निकाल्ने ? के अब प्रशासनले पक्राउ गरेर बस्दैमा गौवद्ध रोकिन्छ ? साँस्कृतिक विविधता, धार्मिक विविधतालाई सम्मान हुनु पर्छ भन्ने एमएनओ–डिजिजि को मान्यता हो । यसर्थ विभेदकारी कानुनहरु खारेज हुनु पर्छ । राष्ट्रिय जनावर गाई खारेज गर्नु पर्छ । पूर्णरुपमा नेपाललाई धर्मनिरपेक्ष लागू गरिनु पर्छ । संविधान पूर्नलेखन गर्नुपर्छ भन्ने एमएनओ–डिजिजिको मान्यता रहेको पनि स्पष्ट पार्न चाहन्छौं ।
साथै आज पक्राउ परेको सम्पूर्णलाई विना सर्त रिहाईको माग गर्दछौं । यदि समयमा दृष्टि नपु¥याए त्यहाँबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वय राज्यप्रशासनले लिनुपर्नेछ । –जय मंगोल
बीरलाल राई
प्रेसिडण्ट