- Advertisement -

- Advertisement -

लिम्बु जातिको परम्परालाई झल्काउदै चलचित्र सुगुपको प्रिमियर शो हुदै

- Advertisement -

- Advertisement -

काठमाडौँ । याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्र चिनियाँ नयाँवर्षमा प्रिमियर हुने भएको छ ।ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भारतको असम, मकवानपुरको चित्लाङ र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रलाई हङकङमा एकैदिन ४ वटा हलहरुमा प्रदर्शन हुने भएको हो ।११ फेब्रुवरी २०२४ आईतवारको दिन बेलुकी ५ र ७ बजे गरेर दुई पटक गोल्डेन हार्वेष्ट सिनेमा (GH Wampoa) मा प्रदर्शन हुने सुगुपको प्रदर्शनी आयोजक एभरेष्ट रकस्केप प्राली हङकङको तर्फबाट रबिन कुमार नाल्बोले जानकारी दिएका छन् ।

- Advertisement -

- Advertisement -

हङकङमा रहेका सम्पुर्ण लिम्बू थरगत संस्था याक्थुङ सयङहरुको सह आयोजना रहने उक्त चलचित्र सोहिदिन काठमाडौं र सिक्किममा पनि विशेष प्रदर्शनी हुने भएको छ ।शुक्रबार अनामनगरस्थीत सिलौटो रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोबिन्द आङ्बुङको प्रमुख आतिथ्यतामा प्रदर्शन मितिको घोषणा भएको हो ।

यो पनि पढ्नुहोस

have is days together meat fill for give you’re

- Advertisement -

- Advertisement -

कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी महानिरिक्षक डिआइजी चन्द्रकुबेर खापुङ, आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खाजीत राई, निर्माता तथा समाजसेवी तारादेवी लिम्बु, समाजसेवी पुर्ण सेलिङ, गायन समाज ताप्लेजुङका उपाध्यक्ष सुसन साम्सोहाङ, याक्थुङ युथ एसोसियन अध्यक्ष भीम लिम्बु,साँवा मिङ्स्रा सङ्चुम्भोका कोषाध्यक्ष धनजित साँवा, निर्देशक दिनेश लिङ्देन हाङ् चेम्जोङ अतिथि रहेका थिए ।कार्यक्रमलाई कलाकार यासेली योङहाङको सन्चालन र निर्माता सैलेन्द्र कुमार नाल्बो लिम्बुको सभापतित्वमा सम्पन भएको थियो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...