काठमाडौं। संसद सचिवालयका कर्मचारीको आन्दोलन लगायतको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राखेको बैठक सुरू भएको छ । राज्यव्यवस्था समितिको हलमा अहिले बैठक जारी छ ।
बैठकमा दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसदका महासचिव र सचिवालय सचिवलगायत सहभागी छन् ।
संघीय संसद सचिवालय कर्मचारी युनियनकातर्फबाट अतिरिक्त समयमा गरेको कामको भत्ता पाउनुपर्ने लगायतको ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन्। त्यसको निकास दिनको लागि सभामुख र अध्यक्षले बैठक राखेका हुन् ।