- Advertisement -

- Advertisement -

शरीरमा भिटामिन‘बी १२’को कमी भए यसरी थाहा पाउनुहोस्

- Advertisement -

- Advertisement -

हाम्रो शरीरमा भिटामिन युक्त खाना निकै आवश्यक पर्छ। भिटामिन युक्त खानाले नै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ। शरीरलाई सबै भिटामिन जस्तै भिटामिन ‘बी १२’ पनि उत्तिकै आवश्यकता पर्छ। शरीरमा भिटामिन ‘बी १२’ ले शरीरमा रातो रक्तकोष बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोषिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। शरीरमा भिटामिन ‘बी १२’ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ। शाकाहारी आहारमा यस्तो भिटामिन निकै कम मात्र पाइन्छ। शरीरमा भिटामिन ‘बी १२’ को कमी भएमा धेरै समस्या आउन थाल्छ। लामो समयसम्म उपचार गरिएन भने यसले गम्भीर रोगसमेत निम्त्याउन सक्छ। त्यसैले भिटामिन ‘बी १२’ को कमीको लक्षण कस्तो हुन्छ र तिनीहरूलाई कसरी पहिचान गर्ने भन्ने विषयमा आधारित रहेर खबरहबका लागि जनरल फिजिसियन डा. दीपराज यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

भिटामिन ‘बी १२’ को कमी कसरी हुन्छ ?

भिटामिन ‘बी १२’ विशेषगरी हामीले खाने कुराको आधारमा माछा, मासु, अन्डा, दूध, दहीमा पाइन्छ। त्यसैले भिटामिन ‘बी १२’ को कमी नियमित माछा मासु खानेमा हुँदैन। यस्ता खाने कुरा नखानेमा भिटामिन बी १२ को कमी देखिने हो।

- Advertisement -

- Advertisement -

हाम्रो शरीरमा भिटामिन बी १२ को कमी भएमा के कस्तो समस्या उत्पन्न हुन्छन् ?

भिटामिन ‘बी १२’ को कमी भएको भनेर लक्षणका आधारमा हेर्ने हो भने कसैलाई लक्षण देख्न वर्षासम्म कुर्नु पर्दछ। कसैलाई लक्षण नै देखिँदैन। कोही कोहीलाई रगतको कमी हुने, थकाई लाग्ने, नासा सम्बन्धी समस्या हुने, चिरचिर हुने, जिब्रो सुनिने, घाउ हुने, कब्जियत हुने, वृद्धाहरूमा आँखा धमिलो हुने, नसा सम्बन्धी समस्या हुने, सास फेर्न गाह्रो हुने, पाचन प्रक्रियामा समस्या आउने, कब्जियतको समस्या उत्पन्न हुने, मुटुको धड्कन तीव्र हुँदै जाने र स्मरणशक्ति कमजोर हुनेहुन्छ।भिटामिन ‘बी-१२’ को कमी भएमा तनाव सिर्जना हुने, मानसिक रोग निम्तने र एक प्रकारको रक्त अल्पताको समस्या हुने गर्दछ। हाइपरपिग्मेंटेशनको कारणले, दाग, धब्बा वा शरीरको छाला निकै अँध्यारो हुँदै जान्छ, कपाल पनि झर्न थाल्छ।

यो पनि पढ्नुहोस

But who has any right to find of existence in present

- Advertisement -

- Advertisement -

भिटामिन ‘बी-१२’ को कमी भएको भनेर कसरी जाँच गरिन्छ ?

भिटामिन ‘बी-१२’ को कमी भएको वा नभएको भनेर रगतको जाँच गर्नुपर्छ तब मात्र थाहा पाइन्छ। त्यसैले कसैलाई लक्षण देखियो भने अस्पतालमा गएर भिटामिन बी १२ को जाँच गर्ने हो भने रगतको जाँच गर्नु पर्दछ। सामान्यतया भिटामिन ‘बी १२’ को लेभल शरीरमा ३०० पिजिएमएल भन्दा माथि हुनु पर्दछ। जाँच गर्दा कुन लेबलमा आउँछ र त्यही अनुसारले हामीले उपचार गराउँछौँ ।

माछा मासु नखानेले कसरी भिटामिन ‘बी १२’ लिने ?

जमिन भित्र वा माटोमा फल्ने खानेकुराहरू जस्तो: आलु, गाँजर, मुला, सलगम, तरुलमाा प्रशस्त्र मात्रामा भिटामिन ‘बी १२’ पाइन्छ। त्यसैगरी गोलभेडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, सुपारी, अङ्गुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दा, माछा, अण्डाको सेतो भागलगायतका खानेकुरा खान सकिन्छ।यसबाहेक, दूध र दूधबाट बनेका परिकार जस्तै दूध, दही, पनिर, नौनी आदि खानुपर्छ। अरु केही नभए भिटामिन ‘बी १२’ चिकित्सकको सिफारिसमा किनेर खान सकिन्छ।

भिटामिन ‘बी १२’ को कमी भएपछि के के कुरामा ध्यान दिनुपर्दछ ?

भिटामिन ‘बी १२’ को कमी आफूलाई के कारणले भएको हो त पहिला त्यो पत्ता लगाउनुपर्छ। यदि खानेकुराको कारणले हो भने मांसाहारी खानेकुरा खाने, अरू रोगले हो भने त्यो रोगको उपचार तिर लाग्नुपर्छ। पेटमा जुका परेर हो भने जुकाको औषधि खानुपर्छ, पहिलादेखि नै औषधि सेवनबाट कमी भएको हो भने त्यो कसरी म्यानेज गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्दछ। दूध, दही, अण्डा, मासु, माछाका साथै फलफूल र सागपातमा भिटामिन ‘बी १२’ प्रशस्त पाइन्छ। त्यसैले यस्ता खानेकुरा खानुपर्छ साथै समय समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...