काठमाडौं। वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमाबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्यजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ ।
यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफुले तीन वर्षभन्दा बढि समय दिएको बताउँछिन् ।
फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढि कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको बताए ।
नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनिले जानकारी दिएको छ । सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
साहु बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।
https://youtu.be/yUVA7ZgoU4Q?si=LJqbkHnXPyYFbY4e