
- Advertisement -
काठमाडौँ । आफ्नै बुबाको ह’त्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्र’हार गरी ह’त्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्र’हार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृ’त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -