काठमाडौं । स्वर्गीय युवराज दीपेन्द्र वीर विक्रम शाहको नाममा पनि सिक्का बनेको थिए । तर, यसको बारेमा धेरैलाई जानकारी छैन । राजाको नामको सिक्का र राजाको फोटो भएको पैसा त हामी सबैले देखेका छौ । तर राजा नै नभई युवराज दीपेन्द्रको नाममा पनि दुई प्रकारका सिक्का बनेका थिए । नेपालमा ठुलो सिक्काको रुपमा रु ५ देखी रु १० सम्मको त हामी सबैले देखेका छौ, तर स्वर्गीय युवराज दीपेन्द्रको नाममा बनेको सिक्काहरु भने सामान्य थिएनन् ।
स्वर्गीय युवराज दीपेन्द्रको जन्म बिक्रम सम्वत् २०२८ असार २३ गते भएको थियो । राजा विरेन्दले आफनो सुपुत्र युवराज दीपेन्द्र १६ वर्ष पुग्दा विक्रम संवत २०४४ मा शुभ उपनयनको उपलक्षयमा रु ३५० दरका सिक्का बनाएका थिए । त्यसैगरि युवराज दीपेन्द्र १८ वर्ष पुग्दा विक्रम संवत् २०४६ मा उमेर पुगेको उपलक्षयमा रु ५०० दरका सिक्का बनाएका थिए ।
तर यि सिक्काहरु प्रचलनमा आएनन् भने धेरै जनालाई त यसको बारेमा जानकारी समेत छैन् ।
स्वर्गाीय युवराज दीपेन्द्रको नाम लेखिएको ३५० र ५०० को सिक्का क कसले देख्नुभएको छ र को को संग छ कमेन्ट गर्नुहोला । दरबारहत्याकाण्ड भएको २३ वर्ष भइसक्यो । तर पनि तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड लाई सारा नेपालीले अझैपनि भुल्न सकेको छैनन् ।
राजपरिवारकै वंशविनाश हुने गरी भएको उक्त हत्याकाण्ड लाई नेपाली इतिहासकै कालो दिन मानिन्छ । युवराज दिपेन्द सबैको प्यारो थिए उनी जनताहरु माझ सरल जीवन बिताउने चाहाने,सबैसंग घुलमिल हुने स्वाभका युवराज थिए । त्यसैले त दरबार हत्याकाण्डको छानविनको लागि बनाइएको उच्च स्तरिय छानविन प्रतिवेदनले स्वर्गीय युवराज दिपेन्दलाई दरबार हत्याकाण्डको दोषी ठहराएपनि आम नेपाली जनताले उक्त कुरालाई मान्न तयार छैनन् ।