काठमाडौं । उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
आज उपसभामुखका लागि मनोनयन गर्न संसद सचिवालयले समय निर्धारण गरेको छ । सोही प्रयोजनका लागि उम्मेदवारी दर्ता गर्न काँग्रेसले उम्मेदवार टुङ्ग्याउन लागेको हो ।
बैठक बिहान १० बजेका लागि धुम्बाराहीस्थित सभापनि शेरबहादुर देउवा निवासमा बोलाइएको हो ।
काँग्रेसले पहिले उपसभामुख पदका उम्मेदवारी कुन दलबाट दिने भन्ने विषयमा निर्णय लिने जनाइएको छ । किनकी विपक्षी गठबन्धनमा काँग्रेससहित नेकपा एस, लोसपा पनि छ ।
सभामुखमा काँग्रेसबाट ईश्वारी न्यौपान उम्मेदवार बनेकी थिइन् । सभामुखको निर्वाचन बिहीबार नै भइसकेको छ । अब आज मनोनयन दर्तापछि भोलि शनिबार उपसभामुखको निर्वाचन हुँदैछ ।