
- Advertisement -
काठमाडौँ । सायद यो साँढे संसारकै सबैभन्दा मूल्यवान वीर्य भएको साँडे हो । एक लिलामीका क्रममा यसको वीर्य लाखौँ रुपैयाँमा बिक्री भएको छ ।रोचक त के भने वीर्य खरिदकर्ताले लिलाम बढाबढमा त्यसका लागि अझै धेरै रकम तिर्न पनि तयार थिए । तर अन्ततः उनले करिब ३२ लाख रुपैयाँ मूल्यमा साँडेको वीर्य खरिद गर्न सफल भए ।अष्ट्रेलियाको नर्थ क्विन्सल्याण्डका किसान मार्क र पाम प्रिचर्डले आफ्नो फार्ममा पालेका गाईहरूका लागि कृत्रिम गर्भाधान तर उत्तम वीर्यको खोजीमा थिए । त्यहीँ क्रममा उनीहरूले Big Country Brahman Sale मा एउटा साँढेको १० नली वीर्य कुल २४ हजार डलरमा खरिद गरे । त्यसक्रममा प्रतिनली २४ सय डलर मूल्य परेको छ ।

- Advertisement -
वास्तवमा उक्त साँढे चानचुने होइन । सन् २०१७ मा करिब चार करोड ३० लाख (३ लाख २५ हजार डलर) रुपैयाँ ऐतिहासिक मूल्यमा बिक्री भएसँगै त्यो साँढे चर्चामा आएको थियो ।पशु प्रजनन कम्पनी Elrose Brahman Stud का सञ्चालक रोजर र लरिना जेफरिजले उक्त साँडे खरिद गरेका थिए । उक्त साँढे त्यतिबेलाको सबैभन्दा महँगो कीर्तिमानी साँढे बनेको थियो । यो साँढे अहिले सात वर्षको भएको छ ।
एजेन्सी

- Advertisement -