
- Advertisement -
काठमाडौँ । सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ ।विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो ।मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार महानगरले डोजर चलाएको हो ।मेयर पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक-पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि भत्काइएको बताए । उपमहानगरले यसअघि वडा नम्बर९ का १४ वटा घरहरू भत्काएको थियो ।

- Advertisement -
इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् ।साइट क्लियर नभएका कारण विस्तार नभएको हो । उपमहानगरले संरचना भत्काएपछि काम अघि बढ्ने बताइएको छ ।इटहरीको मुख्य चौकदेखि उत्तर तरहरासम्म ६ लेन सडकको काम भने सकिएको छ ।इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फदुवैतर्फ १५-१५ मिटर विस्तार गर्ने तयारी छ ।कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये सुनसरीको दुहबी र तरहरादेखि धरानसम्म विस्तार हुन् बाँकी छ।धरानको तिनकुनेदेखि सेउतीसम्म झन्डै चार किलोमिटर सडक विस्तारको भइसकेको छ ।
दुहबीमा भने काम अघि बढेको छैन । ६ लेन सडक परियोजनाको काम २०६९-७० बाट सुरु भएको थियो ।

- Advertisement -