- Advertisement -

- Advertisement -

बेलाइतले लगायो रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

- Advertisement -

- Advertisement -

एजेन्सी । युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ ।बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ ।युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलाइती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलाइत पुग्नु भएको छ ।उनलेले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो ।यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउँने छ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ।बेलाइती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दवाबलाई थप बलियो बनाउँने छ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु । यी कुराहरू हाम्रो कानूनसँग मेल खान्छन्।उनले भने, ‘यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउँने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी–एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ ।

त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ ।यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन् ।यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...