
- Advertisement -
काठमाडौँ । बैतडीको पाटन नगरपालिका–६ स्थित जवरजल ढ्वानी भिरमा डडेल्धुराका एक युवकको शव १९ माघमा फेला पर्यो। शव भेटिएपछि लडेर मृ’त्यु भएको हुनसक्ने आंकलन गरिएको थियो। मृ’तक डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २० वर्षीय पदम अवस्थी हुन्। मृ’तकको खल्तीमा प्रहरीलाई दिन तयार पारिएको निवेदन र १० हजार रकमको चेक भेटिएकाले घटना शंकास्पद देखिन्छ। चेक २३ गतेका लागि का’टिएको खुलेको छ भने निवेदनमा उल्लेख भएको कुराबारे प्रहरीले केही बताएको छैन।

- Advertisement -
शव फेला परेको एक हप्ता हुन लागेको छ। घ’टनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। मृ’तकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सोधपुछको काम भइरहेको प्रहरीको भनाइ छ। अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा भने नलिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनले भने, ‘मृ’तक पाटन पुगेको दिनदेखि उनको सम्पर्कमा आएका सबैसँग सोधपुछ गरिरहेका छौँ, उनको साथमा भेटिएका केही तथ्य र प्रमाणबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको छ।’ पोष्टमार्टम रिर्पोट प्राप्त भएको र रिर्पोटको आधारमा अनुसन्धान अघि बढाएको पनि उनले बताए।
मृ’तक पाटनस्थित एक होटलमा काम गरेका व्यक्ति हुन्। मृ’तकका आफन्तका अनुसार उनी १७ माघमा नै आफूले काम गरेको होटलबाट पारिश्रमिक लिन भनी बैतडी आएका थिए। घ’टना रहस्यमय देखिएकाले निष्पक्ष छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ। पदमको लडेर मृ’त्यु भएको नभई कसैले ह’त्या गरेर फालेको आफन्तको दावी छ।

- Advertisement -