- Advertisement -

- Advertisement -

१४ वर्षिय बालिकालाई होटलमा लगेर ज’बरजस्ती क’रणी गर्ने यादव पक्राउ

- Advertisement -

- Advertisement -

काठमाडौँ । उदयपुरमा एक बालिकालाई ज’बरजस्ती क’रणी गरेको आरोपमा एक अहेव पक्राउ परेको छ । खोटाङकी अन्दाजी १४ वर्षिय बालिकालाई ज’बरजस्ती क’रणी गरेको आरोपमा जिल्ला अस्पताल उदयपुरमा कार्यरत २६ वर्षिय अहेव राजीव कुमार यादव पक्राउ परेको छ ।जिल्ला सिरहा सुखीपुरनगरपालिका १ घर भई त्रियुगा नगरपालिका १२ दुर्गा टोलमा बस्दै आएका अहेव यादव शनिबार पक्राउ परेर म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी राकेश कुमार पोदारले जानकारी दिए । २०७९ माघ २ गते दिउँसो त्रियुगा नगरपालिका ११ गाईघाट न्यूक्रिस होटल एण्ड लजमा ज’बरजस्ती क’रणी गरेको आरोपमा अहेव यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

- Advertisement -

- Advertisement -

उदयपुरमा डेरा गरि कक्षा ८ मा बढ्दै गरेकी बालिकालाई ललाई फकाई होटलमा लगि ज’बरजस्ती क’रणी गरेको छ । बालिका अहिले सेफ हाउसमा राखिएको छ र बालिकाको आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको डिएपी पोदारले बताए ।यस्तै अहेव यादव सहित त्रियुगा नगरपालिका ३ पुल चौक बस्ने ४८ वर्षकी तिर्थमाया तामाङ, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ घर भई हाल त्रियुगा नपा ११ मा कोठा भाडामा बस्ने वर्ष १९ की करुणा सुन्या भन्ने सूचना राई पनि घ’टनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेको छ । घ’टनामा चार जना संलग्न रहेको पनि एक जना फरार रहेको प्रहरी स्रोतले जानकारी दिइएको छ । प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको अहेव जिल्ला अस्पताल उदयपुरमा कार्यरत रहेको अस्पतालले पुष्टी गरेको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...