
- Advertisement -
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा जुटेको छ । प्रधानमन्त्री प्रचण्डसँग भेटपछि रास्वपा सभापति रवि लामिछाने अहिले पार्टी कार्यालय बसुन्धारामा पुगेका छन् ।अब रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने छ । बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ ।प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले गृहमन्त्री बन्ने इच्छा देखाउँदै आएका छन् । उनले पूर्वसहमति अनुसार आफूहरुले गृहमन्त्रालय पाउनुपर्ने अडान लिँदै आएको छ । तर प्रधानमन्त्रीले भने रविलाई अहिले मन्त्री नबन्न सुझाव दिएका छन् । बरु उपनिर्वाचनबाट संसदमा आउन आग्रह गरेका छन् ।

- Advertisement -
हाललाई भने गृहमन्त्रालयको साटो अरु कुनै मन्त्रालय लिन रविलाई प्रधानमन्त्रीले आग्रह गरेको वालुवाटार श्रोतले जनाएको छ ।प्रधानमन्त्रीको उक्त आग्रहप्रति रवि सकारात्मक रहेको बुझिएको छ । यद्यपि रास्वपाले भने केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने जनाएको छ । रास्वपाको माग पूरा नभएकाले पार्टीको बैठकले कस्तो निर्णय गर्छ भन्ने यही भन्ने अवस्था छैन ।रास्वपामा पनि सरकारमा रहने वा नरहने विषयमा नेताहरु एकमत भने छैनन् ।

- Advertisement -