- Advertisement -

- Advertisement -

रवि लामिछानेले यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसदमा पसेका होइनन् : ओली

- Advertisement -

- Advertisement -

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा दह्रो गरी उभिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्नेक्रममा नेपाली नागरिक ठहर नभएसँगै पार्टी सभापति पदसँगै उपप्रधान तथा गृहमन्त्री पद के कारणले गुमाएको भन्दै सर्वोच्च अदालतसँग प्रश्न गरे ।सर्वाेच्च अदालतले प्रक्रियागत त्रुटि भनेर फैसला गरेर पदच्यूत गर्ने तर कसैले न्याय नपाउने कस्तो फैसला भन्दै अध्यक्ष ओलीले प्रश्न पनि गरे । उनले सर्वाेच्चको फैसलाबाट कसैले न्याय नपाएको भन्दै पुनः प्रश्न गरे ।सर्वाेच्चले कुनै तात्विक अर्थ नभनेर ‘प्रक्रियागत त्रुटि’ भन्नुको अर्थ के हो भन्दै अध्यक्ष ओलीले पुनः सर्वाेच्चको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

संसदमा ओलीको बोली जस्ताको तस्तैः

उजुरकर्तालाई के अन्याय परेर न्याय खोजेको त्यो थाहा पाइन । अब, कस्ले न्याय पायो, कस्लाई न्याय दिइयो बुझिएन । सर्वाेच्च अदालतको फैसलाबाट कस्ले न्याय पायो ? अदालतको काम न्याय दिने हो, कस्ले न्याय पायो त्यो मैले बुझिन । कस्ले मर्काबाट उन्मुक्ति पायो ? राज्यले एउटा नागरिक प्रोटेक्सन गर्नुपर्छ, कहीकतैबाट क्षति पुग्न गयो भने नागरिकलाई पनि रोक्नुपर्छ । संविधान मिच्न पाइँदैन, अपराधिक क्रियाकलाप गर्न पाइँदैन । तर, सर्वोच्चको फैसलाले कुनै सस्टेन्सियल इरर भन्दैन । त्रुटि पनि कुनै तात्विक अर्थ राख्ने भन्दैन ‘प्रक्रियागत त्रुटि’ भन्छ ।रवि लामिछानेले पहिले नै आफ्नो स्टाटस सार्वजनिक गरिसकेका थिए । दोस्रो यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसदमा पसेका होइनन् । त्यस्तो होइन ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेर, त्यसबेला उजुरी परेर, उजुरी ठीक नठहरेको, बदर भएको, उम्मेदवार हुन पाउँछ, वैधानिक छ भनेर निर्वाचन आयोगले उम्मेदवारी सदर गरेको अनि चुनाव लड्दा सार्वभौसत्ता जनताले अत्यधिक मतल जिताएको । गयो के वापत भन्दा प्रोसेड्युर इयरर ‘प्रक्रियागत त्रुटी’ भनेर भनिएको रहेछ । त्यत्तिमै पार्टी अध्यक्ष गयो । गृहमन्त्री गयो । उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का पर्यो । न्याय भयो कि भएन ?रवि लामिछोनलाई न्याय भएन भने कस्ले पायो त न्याय ? फैसलामा न्याय त कतै हुनुपर्ने हो नि (हाँस्दै) । कस्ले न्याय पायो ? मैले कसैले न्याय पाएको देखिन । न व्यक्ति, समुदाय न कसैले । बुझि नसक्नुजस्तो लाग्यो मलाई । मैले माथि नै भनेको छु हामी सम्मानित सर्वाेच्च अदालतको फैसलालाई मान्छाँै ।

रवि लामिछानेसँग मेरो न कुनै संगठनात्मक न वैचारिक केही पनि संलग्नता छैन । नातागत सम्बन्ध पनि केही पर्दैन । मेरो पार्टीको पनि होइन । तर, एउटा नागरिकको हैसियतले शुक्रबार बेलुका आइतबार बिहानसम्म नागरिकता के हो ? त्यो मैले राम्रोसँग बुझेको छैन । के भयो ? आइतबार बिहान पूरानै मितिमा पूरानै नागरिकता जारी छ । बिदाका दिनको बीचमा प्रक्रियागत त्रुटिका कारणले पर्सी आइतबार सच्याएर ल्याउँ भन्दा भइहाल्थ्यो होला । किन यस्तो फैसला भयो होला ।अर्काे कुरा विदेशमा रहेका नेपालीहरुको सन्दर्भमा हामी मतदानको अधिकार भन्दैछौँ । मतदानको अधिकार भनेको उम्मेदवारको अधिकार भन्ने पनि होला । मतदानको अधिकार हुन्छ भने उम्मेदवार हुने अधिकार पनि हुन्छ ।

उम्मेदवार हुने अधिकार हुन्छ भने पासपोर्ट, भिसा, पीआर के केको छानिवन गर्छाैँ त्यो बीचमा । निर्वाचन आयोगले छानविन गरेर उम्मेदवार हुन्छ भनेर सदर गरेकै हो त ? अब विदेशी नागरिकले मताधिकार प्रदान गर्छ पाउँछ कि पाउँदैन ? रवि लामिछाने विदेशी नागरिक हो भन्ने थाहा पायौँ । अब गैरआवासीय नेपालीहरुमा के असर पुग्छ । नेपालमा रहेको सम्पत्तिमा के असर पर्छ ? आदि अनेक प्रश्न होलान् । त्यसकारण यी विषयमा हामी अलिकति गम्भीर हुनुपर्छ कि, स्पष्ट हुने कानुन निर्माण गर्नुपर्छ कि सर्वाेच्चले सबैलाई मध्यनजर गरेर फैसला गर्नुपर्छ कि भन्ने आग्रह हो ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...