
- Advertisement -
खुट्टा नै हाम्रो आधार हो। शारीरिक रूपले हेर्ने हो भने सबैभन्दा बढि काम खुट्टाले नै गर्छ। दिनमा सामान्यतया ८,००० पाइला हिँड्दा पनि मानिसहरू आफ्नो खुट्टालाई त्यति वास्ता गर्दैनन् (महिलाहरूले नङपालिस र क्रिम लगाउन बाहेक)। आफ्नो खुट्टाको ख्याल कसरी राख्ने भनेर खुट्टा विशेषज्ञलाई सोध्दा निम्न उपायहरू बताउँछन्:-How to take care of your Feet
१. बाथरुममा खाली खुट्टा नजानुहोस्
सबैलाई थाहा भएकै कुरा हो, तैपनि दोहोर्याउँदा नराम्रो हुँदैन- सार्वजनिक शौचालय होस् या स्कूल-कलेजको शौचालय होस्, चाहे आफ्नै घरको बाथरुम किन नहोस्, त्यो भनेको ‘एथलेट्स फूट’ रोग निम्त्याउने ब्याक्टेरियाहरूको समुदाय हो।

- Advertisement -
Athlete’s Foot यहि हो एथलेट्स फूट (ATHLETE’S FOOT) भनेको !
त्यसैले आफ्नो घरको बाथरुम र टोइलेटमा जाँदा कुनै वहाना नबनाई बाथरुम चप्पल अनिवार्य लगाउनुहोस्। अनि नुहाइसकेपछि पनि खुट्टा राम्रोसँग पुछ्नुहोस्। औँलाको काँपामा भएको पानीलाई पनि पुछ्नुहोस्। किनभने काँपाको छाला अति नरम हुन्छ, जहाँबाट ब्याक्टेरियाहरू सजिलै शरीरभित्र प्रवेश गर्न सक्छन्। अनि त्यस्तो ठाउँमा ओसिलोपना हुनु भनेको ब्याक्टेरियाको लागि खुशीको खबर हुन्छ।
२. खुट्टाले शारीरिक स्वास्थ्यको बारेमा पुरै जानकारी दिइरहेको हुन्छ
उदाहरणको लागि, यदि तपाईँको खुट्टाका रौँहरू अचानक झर्यो र छाला रातो भई चिल्लो हुन गएमा ‘पेरिफेरल आर्टेरियल डिजिज’ (Peripheral Arterial Disease- PAD) भएको सङ्केत गर्दछ- खुट्टामा रक्तनसाहरूमा बोसो जम्मा भई रक्तसञ्चारमा बाधा भएको अवस्थालाई PAD भनिन्छ।
(जिब्रोको रङ्ग हेरेर शारीरिक स्वास्थ्यको बारेमा कसरी थाहा पाउने?)
PAD भनेको मुटुरोग र हृदयघातको सङ्केत हो, किनभने शरीरको कुनै पनि अङ्गको नशा बन्द हुन गएमा त्यसको सीधा असर मुटुमा नै पुग्छ।
(पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?)
यदि खुट्टा अचानक सुक्खा भई फुस्रो हुन गएमा बुझ्नुहोस् कि यो मधुमेहको सङ्केत हो, किनभने शरीरमा धेरै ग्लुकोज अथवा सुगरको मात्रा बढ्न गएमा छालाको पसिना र चिल्लो पदार्थ निकाल्ने शक्तिमा ह्रास हुन जान्छ।

- Advertisement -
३. चुच्चो जुत्ता भनेको एकदम खतरनाक कुरा हो
महिलाको हाई हिल जुत्ता अनि पुरुषको काने जुत्ता, यस्तोले खुट्टाको बुढि औँलालाई खुम्च्याएर अरू औँलाहरूसँग जोडिदिन्छ, जसको कारण बुढि औँलाको जोर्नीमा एकदम दवाव पर्दछ। यस्तो हुन गएमा त्यस जोर्नीलाई स्वस्थ बनाइराख्ने तन्तू र मांशपेसीमा क्षय हुन गई सुन्निने, दुख्ने अनि बाहिरको छाला रातो हुने समस्याको लगायत क्यान्सर समेत हुन सक्छ।
फेरि त्यस्तो जुत्ता लगाएर हिँड्न पनि त मुश्किल नै पर्छ। अब च्वाइस तपाईँकै हो, स्टाइलिस देखिन चाहनुहुन्छ कि क्यान्सरबाट बँच्न?
४. नङ्गमा ढुसी लाग्दा विशेष ध्यान दिनुपर्छ
यदि तपाईँको खुट्टाका नङ्गहरूको रङ्ग बिस्तारै परिवर्तन हुँदै गएमा अथवा मोटो हुँदै गएमा अथवा झूरो (सजिलै टुक्रिने) भएमा, बुझ्नुहोस् कि ‘नङ्गमा ढुसी’ लाग्यो। साधारणतयाः चिसै खुट्टामा मोजा लगाउने बानीले यस्तो हुन्छ। किनभने जब मोजा लगाएर हामी हिँड्छौँ, तब खुट्टाको तापक्रम बढ्दै जान्छ र त्यसले त्यहाँ बाँकी रहेको चिसो पानीका कणलाई पनि तातो बनाइदिन्छ। जसको कारण खुट्टाका छालाहरू नरम हुन गई त्यहाँबाट ब्याक्टेरियाहरू छिर्ने सम्भावना बढ्दछ। त्यहि ब्याक्टेरियाले नङ्गभित्रको मासुलाई ढुसिमा परिणत गर्दछ र नङ्गको वृद्धिविकासमा बाधा पुर्याउँदछ। Nail Fungus
यस्तो भएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिई उपयुक्त औषधी सेवन गर्नु जाति हुन्छ।
५. मधुमेह भएका व्यक्तिहरूले आफ्नो खुट्टाको विशेष ध्यान दिनुपर्छ
यदि तपाईँलाई मधुमेह छ भने, खुट्टामा कुनै घाउ अथवा चोटपटक लागेको छ कि छैन भनेर दिनदिनै जाँच गर्नुहोस्। यदि त्यो घाउलाई बेवास्ता गरेमा, त्यसमा सङ्क्रमण हुन गई घातक समस्या आउन सक्छ- अङ्गछेद पनि हुन सक्छ।
(मधुमेहको लक्षण तथा उपचार विधि)
यो कुनै दुर्लभ स्थिती होइन- अमेरिकामा हरेक वर्ष ७० हजार भन्दा बढि मधुमेह बिरामीले आफ्नो खुट्टा गुमाइराखेका हुन्छन्। अनि खुट्टा गुमाएका मधुमेह बिरामीहरूले ५ वर्षभित्रमा ज्यान पनि गुमाउने सम्भावना बढि हुन्छ।
६. खुट्टामा पनि पर्फ्यूम लगाउने गर्नुहोस्
अब पर्फ्यूम काखी र शरीरमा मात्र नछर्नुहोस्, मोजा लगाउनुभन्दा पहिला खुट्टामा पनि यसो छिसछिस् पार्नुहोस्। त्यसले खुट्टामा भएको ओसिलोपनालाई हटाई ब्याक्टेरियाहरूलाई पनि नष्ट गर्दछ, साथै दुर्गन्ध पनि आउन दिँदैन।

- Advertisement -