
- Advertisement -
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौ’नजन्य क्रियाकलापसँगै श्रम शो’षणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ । गत मङ्सिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्याई जनही कम्तीमा पाँच लाखमा बिक्री गरिएको खुलेको छ ।

- Advertisement -
मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका–२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ । उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्याएपछि एक हजार तीन सय कुवेती दिनारमा बिक्री गरिएको थियो ।बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौ’नशोषण तथा चर्को श्रम शो’षणमा गरेका छन् । पीडित युवतीले कुवेतमा पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसके कु’टपिट हुने गरेको प्रहरीको बयानमा उल्लेख छ ।
उपरीक्षक मल्लले बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शो’षण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरी लगायतका आरोपमा फसाउने गरिएको बताए। कुवेतमा रहेका मानव तस्करका गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अ’श्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिई थप शो’षण गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

- Advertisement -