- Advertisement -

- Advertisement -

सुवेदीको निर्देशकीय फिल्म ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत सार्वजनिक

- Advertisement -

- Advertisement -

काठमाडौं।  लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को ‘लैजा दैव फिर्ता लैजा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ ।

आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको भिडियोमा अभिनेत्री मलिका महत फिचर्ड छन् । छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने दृश्य देखाइएको गीत उनीमाथि नै केन्द्रित देखिन्छ । मलिका मार्फत यो गीतबाट परिवार र समाजबाट छोरी भएकै कारण तिरस्कृत हुनु परेको भाव व्यक्त गरिएको छ ।

परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको फिल्मको शुक्रबार सार्वजनिक गरिएको गीतमा भाग्यले ठगिएकी एक युवतीको पीडा देखाइएको छ । लिरिकल रूपमा तयार गरिएको भडियोमा गीतका शब्दहरु मर्मस्पर्शी लाग्छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

यो फिल्ममा मलिकासँगै हर्षित वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, कुलबहादुर क्षेत्री, भोला सापकोटा, सिर्जना अदिकारी, सुजाता शिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ लगायत मुख्य अभिनयमा छन् ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मले प्रदर्शन नहुँदै केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ ।

 

https://youtu.be/MdW8ykSwazk?si=DVJmSuFTjP5IJ7uO

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...