काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताएका हुन् ।
रास्वपाका नेताहरूले राजीनामा पत्र गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै हो । रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्योचाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला ।’
रास्वपाका केही मन्त्रीहरूले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताउँदै आएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को स्थापनाको अवसरमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले राजीनामा पत्र गोजी बोकेर हिँडेको भन्दै सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको बताएका थिए ।