- Advertisement -

- Advertisement -

बस कारसँग ठोक्किएर त्रिशूली किनारमा खस्यो, २० जना घाइते

- Advertisement -

- Advertisement -

काठमाडौं ।  बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६० नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।

- Advertisement -

- Advertisement -

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

- Advertisement -

- Advertisement -

बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् । बसमा ४५ जना यात्री थिए । घाइतेहरुलाई विभिन्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...