काठमाडौं: प्रदर्शनरत ‘पुजार सार्की’मा निर्देशक दिनेश राउतले यही सत्यमा टेकेर अन्तरजातीय प्रेम र विवाहमार्फत जात व्यवस्थाविरुद्ध विद्रोह गर्ने कोसिस गरेका छन् । सोही फिल्मलाई लिएर फिल्म निर्देशक तथा निर्माता संजोग लाफामगरले उक्त फिल्ममा मगर पात्रद्वारा व्यक्त गरिएको अभिव्यक्ति प्रस्तुति मनोगत र पुरै काल्पनिक जातिलाई नकारात्मक चित्रण गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले लेखक विकास सुवेदीको समाजशास्त्रीय अध्ययन बच्कना देखिएको समेत टिपणी गरेका छन्।
उनले आफनो सामाजिक संजाल मार्फत यस्तो लेखेका छन् : दिनेश राउत निर्देशित पुजार सार्की चलचित्रमा मगर पात्रद्वारा व्यक्त गरिएको अभिव्यक्ति प्रस्तुति मनोगत र पुरै काल्पनिक जातिलाई नकारात्मक चित्रण गरिएकोप्रति आपत्तिजनक छ । लेखक विकास सुवेदीको समाजशास्त्रीय अध्ययन बच्कना देखियो । समुदायप्रतिको अध्ययन अनुसन्धान शुन्य छ ।
मगर जातिमा व्याप्त छुवाछुत छैन । दलितहरूले मगरलाई साईनो लाएर सम्बोधन गर्ने प्रचलन छ । मगरमाझ रहँदा सुरक्षित महशुस गर्ने गर्दछन् । जातीय भेदभावको सुत्रपात गर्ने बाहुन हो, मगर होइन । बाहुनको देखासिकी गरेर कोही मगरले भेदभावको व्यवहार देखाए होलान्, तर त्यो अपवाद हो । अपवादलाई मूलकथा बनाउँदा खास दोषी समूहले उन्मुक्ती पाउँछ । मगर हिन्दु वर्णाश्रमभित्र पर्दैन । त्यसकारण, जातीय विभेद छुवाछुत अन्त्यका लागि हिन्दु वर्णाश्रमले तोकेको तथाकथित माथिल्लो जातविरुद्ध प्रश्न गर्न जरुरी छ, मगरविरुद्ध होइन । तर, चलचित्रमा मगरले गाउँले उरालेर बाहुन-दलित र दलितलाई मारेर खोलामा फालेको दृश्यले मगर क्रुर जाति हो भन्ने भाष्य निर्माण भयानक अपमान हो । चलचित्रले समाजमा नकारात्मक प्रभाव पारेको प्रतिशोधमा द्वन्द उन्मुखतर्फ गयो भने जिम्मेवार कस्ले लिने हो रु चलचित्र निर्देशक, लेखक, निर्माता वा सेन्सर वोर्डलेर ???