नेपालमा रियालिटी शो हरुको होडबाजी नै चलेको छ तर सबै रियालिटी शो हरु सोचेजस्तो सफल भएका छैनन। यस्तै रियालिटी शो हरुको भिडमा गतबर्ष एउटा शो संचालनमा आएको थियो ब्यान्ड च्याम्पियन नेपाल।
ब्यान्ड च्याम्पियन नेपालमा प्रतिस्पर्धा गर्न नेपाल लगायत छिमेकी मुलुक भारतका सिक्किम, दार्जीलिङबाट पनि ब्यान्डहरु आएका थिए। उक्त ब्यान्ड च्याम्पियन नेपालको ग्रान्ड फिनाले २०७९ जेठ ०७ गते प्रशारण भएको थियो र दार्जीलिङका ‘द फ्रोजन’ बिजेता बनेको थियो तर १५ महिना अथवा १ बर्ष ३ महिना बितिसक्दा पनि बिजेता ब्यान्डले आयोजकले गरेको बाचा वा सम्झौता अनुसारको पुरस्कार र सेवाहरु पाएका छैनन। उक्त ब्यान्ड च्याम्पियन नेपालको आयोजक लास्ट फ्राईडे ईभेन्ट म्यानेजमेन्ट प्रा.लि ले गरेको थियो भने निर्माता श्रीजेश कार्की हुन र आयोजना प्रमुख एकराज पोखरेल हुन।
सम्झौता पत्रअनुसार पुरस्कार र सेवाहरु नपाएपछी बिजेता ब्यान्ड द फ्रोजनले हामीसङ्ग गुनासो राखेका छन। सम्झौताअनुसार बिजेताले रु.२०,००,०००/- (अक्षरेपी रु. बीस लाख मात्र) नगद ( २५% कर कटाएर १५ लाख) पाँउनुपर्नेमा जम्मा १ लाख ८० हजार मात्र पाएका छन। त्यस्तै पुरस्कार रकमबाट म्युजिक भिडियोको लागि भनेर आयोजकले रु. ४ लाख कटाएता पनि म्युजिक भिडियोको काम भएको छैन।
ब्यान्ड च्याम्पियन नेपालले १ बर्षभित्र बिजेत ब्यान्डलाई ७ देशको वर्ल्ड टुर गराउने सम्झौता भएतापनि एकै देशको टुर गराएको छैन। यो सम्झौता २०७८ माघ २१ गते भएको थियो, यो मितिबाट अहिलेसम्म १ बर्ष सात महिना नाघिसकेको छ। बिजेता ब्यान्डले पटकपटक फोन गर्दा र दार्जीलिङबाट काठमाडौं धाउदा धेरै नै खर्च भईसकेको तर आयोजकले कानमा तेल हालेर बसेको छन।
ब्यान्ड च्याम्पियन नेपाल व्यावसायिक रुपमा असफल रहयो तर असफलता वा घाटा बेहोर्ने सधै आयोजक र निर्माताको नै जिम्मेवारी रहन्छ। यसरी सम्झौताअनुरुप आयोजकले बिजेतालाई पुरस्कार नदिनु नेपालको प्रचलित कानुन अनुसार ठगी मानिन्छ। तसर्थ सम्पुर्ण सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहान्छौ।
भिडियो:-