- Advertisement -

- Advertisement -

भारतीय व्यवसायी अडानीको सम्पत्ति ३ दिनमा ८५ खर्ब रुपैयाँ घट्यो

- Advertisement -

- Advertisement -

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो ।अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ ।अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंडनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाउँदै प्रतिवेदन सार्वजनक गरेका कारण उनका कम्पनीको शेयर मुल्य घटेको हो ।

यो पनि पढ्नुहोस
- Advertisement -

- Advertisement -

सम्पत्ति घटेसँगै अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौं धनी व्यक्ति बनेका छन् ।कर छल्नका लागि विदेशमा कम्पनी दर्ता गरेको, महत्वपूर्ण पदमा आफन्त र नातेदारलाई राखेको र ती मध्ये केहीमाथि अनियमितताको आरोप लागेको, वास्तविक भन्दा धेरै आम्दानी देखाएर ब्यालेन्स सिट तयार गरेको लगायतका आरोप अडानी समूहमाथि छ ।अडानी समूहले संस्थापक शेयर धितो राखेर भारी मात्रामा ऋण लिएको र कतिपय कम्पनी टाट पल्टने स्थितिमा पुगेको आरोप पनि हिंडनबर्गको प्रतिवेदनमा लगाइएको छ ।

हिंडनवर्गले ७ वर्षको अध्ययनपछि र अडानी समूहकै पूर्व कर्मचारीहरुले दिएको सूचनाका आधारमा प्रतिवेदन तयार गरेको दाबी गरेको छ । तर अडानी समूहले भने त्यो प्रतिवेदनमा कुनै सत्यता नभएको बताउँदै आएको छ ।अडानी समूह भारतमा कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...