- Advertisement -

- Advertisement -

रवि लामिछाने ज्यू गृह मन्त्रालयको जिम्मेवारीमा फेरी जान दौडधुप जारी छ : मन्त्री अर्याल

- Advertisement -

- Advertisement -

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम मन्त्री डिपी अर्यालले गृहमन्त्री को हुने ? कसलाई पठाउने ? भन्ने विषयमा छलफल नै नभएको बताएका छन् । अर्यालले गृहमन्त्री आफ्नो पार्टीले लिने भएपनि व्यक्तिमा केन्द्रित भई छलफल नभएको जिकिर गरे ।‘गृहमन्त्रीबाट सभापति ज्यूले राजीनामा दिएपछि को हुने ? कसलाई पठाउने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन । रवि ज्यू फर्किनु हुन्छ वा अरू कोही जानुहुन्छ थाहा छैन ।

- Advertisement -

- Advertisement -

पार्टीमा छलफल भए पो थाहा हुने हो’ अर्यालले भने, ‘तर, गृह मन्त्रालय हाम्रो पार्टीको भागमा परेको हो । अरू पार्टीले दाबी गर्न मिल्दैन । व्यक्ति छनोट गरे पार्टीले पठाउँछ ।’तर, लामिछानेले भने गैर सांसदको रूपमा गृह मन्त्रालयको जिम्मेवारीमा जान दौडधुप जारी राखेका छन् । आफूलाई चौतर्फी रूपमा घेराबन्दीमा पारेकाले गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओलीसँग लामिछानेले आग्रह गरिरहेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...