काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाका लागि आज मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।
संसद सचिवालयका अनुसार आज १ देखि अपराह्न ४ बजेसम्म उपसभामुखका लागि मनोनयन दर्ता गर्न सकिनेछ ।
‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले निकालेको सुचनामा भनिएको छ।
सूची अनुसार आजै ४ बजेर १५ मिनेट जाँदा सम्ममा उम्मेदवारहरुको नामावली प्रकाशनसमेत गरिने जनाइएको छ ।
त्यस्तै उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हुने तालिकामा उल्लेख गरिएको छ । सभामुखको उम्मेदवारीका लागि सत्ता पक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबी सांसद सोविता गौतम तयारी रहन भनिएको छ ।
उता नेपाली काँग्रेसले भने आफ्नो पक्षको उम्मेदवार टुंग्याउन सकेको छैन । सभामुखमा भने बिहीबार एमालेका देवराज घिमिरे निर्वाचित भएको छन् ।
उनले काँग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् ।