- Advertisement -

- Advertisement -

टर्कीमा भूकम्पको ११५ घण्टापछि जीवितै उद्धार, मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

- Advertisement -

- Advertisement -

काठमाडौँ । टर्कीमा विनाशकारी भूकम्प गएको ५ दिनसम्म पनि पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ ।बिबिसीका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एकजना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवितै उद्धार गरिएको हो ।भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । त्यसअघि पनि भूकम्प प्रभावित क्षेत्रमा ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरूको जीवितै उद्धार गरिएको थियो । जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको हो ।

यो पनि पढ्नुहोस

we are able to create beautifull and amazing things

Everything You Wanted to Know About mega city’s

- Advertisement -

- Advertisement -

टर्कीमा गत सोमबार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो भने दिउँसो पुनः ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प आएको थियो । यी दुवै भूकम्पले टर्की र सिरियामा ठूलो धनजनको क्षति गरेको छ । दुवै भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २४ हजार नाघेको छ । धेरै मानिस अझै पनि पुरिएकै अवस्थामा छन् ।पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा आज (शनिवार) सम्म पनि परकम्पहरू गइरहेका छन् । पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...