- Advertisement -

- Advertisement -

हर्निया भएमा कसरी थाहा पाउने ?

- Advertisement -

- Advertisement -

काठमाडौँ । पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ । पेटभित्र झिल्ली, छाला, बोसो र मांसपेशी हुन्छन् । तीमध्ये मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ ।हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको देखिन सक्छ । हेर्दा सामान्य गाँठो हर्नियाको उपचारमा ढिलाइ गर्दा विस्तारै आन्द्रा नै कुहिने समेतको जोखिम हुन सक्छ ।

हर्निया पेटको बाहिरी र भित्री भागमा हुन्छ । तिघ्राभन्दा माथिको भाग सुन्निएको छ भने त्यसलाई इङ्गुइनल हर्निया, तल्लो पेटमुनिको भाग र जाँघको माथि भाग सुन्निएर उठेको जस्तो देखिनेलाई फेमोरल हर्निया, शल्यक्रिया गरेर टाका लगाएको ठाउँमा हर्निया देखिन सक्छ, जसलाई इनसिजनल हर्निया भनिन्छ ।नाइटोमा सुन्निएर आउनेलाई अमबिलिकल हर्निया, नाइटो वरपर देखिनेलाई पाराअम्बिकल, पेटमाथि सुन्निएर देखिनेलाई इपिग्यास्ट्रिक हर्निया हो । त्यस्तै, पेट भित्री भागमा पनि हर्निया हुन सक्छ, जसलाई इन्टरनल हर्निया भनिन्छ ।

हर्नियाको कारण

- Advertisement -

- Advertisement -

मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर हुन्छ । जसकारण हर्निया हुने सम्भावना अधिक हुन्छ । धुम्रपान गर्नेहरुको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रा भएर बस्दा पनि हर्निया हुन सक्छ । कसैमा हर्निया जन्मजात नै हुन सक्छ । जन्मिंदा नाइटो बन्द गर्नुपर्छ । त्यो पूरा बन्द नभएको खण्डमा कनजेनिटल डायफ्रामाटिक हर्निया हुन सक्छ ।त्यसबाहेक वृद्धहरुमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्छ । बल गर्दा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना हुन्छ । कब्जियत भइराख्ने बिरामीमा पनि हर्निया हुन्छ किनभने दिसा गर्न बलको प्रयोग गर्नुपर्छ, जसकारण मांसपेशी कमजोर हुन्छ ।

दमको बिरामी जसलाई अत्यधिक खोकी आउँछ उनीहरुमा पनि हर्निया हुने सम्भावना हुन्छ । हर्निया जुनसुकै उमेरमा हुन सक्छ । यद्यपि उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुँदै जाने भएकाले सबैभन्दा बढी जोखिम वृद्धहरुलाई हुन सक्छ ।हर्निया हुनुमा खानपानको परोक्ष भूमिका हुन्छ । बाहिरको खानेकुरा धेरै खाने, फाइबर कम भएको खानेकुरा खाने र धेरै मात्रामा खाने व्यक्ति मोटोपनको सिकार हुने गर्छन् । मोटोपन हर्निया हुनुको एक कारण हो ।

यो पनि पढ्नुहोस

But who has any right to find of existence in present

we are able to create beautifull and amazing things

- Advertisement -

- Advertisement -

हर्नियाका लक्षण

हर्नियाको लक्षण यसको प्रकार र स्थानमा निर्भर हुन्छ । गह्रौं काम गर्दा वा बसेर उठ्दा प्रभावित भएको ठाउँमा गाँठोको अनुभव गर्नुपर्छ । यदि कसैलाई इङ्गुइनल हर्निया छ भने जाघकोे हड्डीको दुवै छेउमा गाँठो हुन्छ । हर्निया भएमा उभिंदा वा भारी वस्तु उठाउँदा दुखाइ बढ्छ । सुत्दा गाँठो हराउने तर अरुबेला छाम्दा गाँठो देखिन्छ । उभिंदा, केही काम गर्दा, झुक्दा वा खोक्दा दुखाइ महसुस हुन सक्छ । कहिलेकाहीं हर्नियाका लक्षण बुझिंदैनन् । त्यतिबेला धेरैपटक हर्निया भएको पनि थाहा हुँदैन ।जटिल हर्निया छ भने आन्द्रा बेरिएर गाँठो पर्न सक्छ । जसकारण सुन्निएको ठाउँमा दुख्ने, वाकवाकी लाग्ने, पेट फुलेर आउने सम्भावना हुन्छ । हर्नियाको सुरुवाती चरणमा गाँठो नदेखिने तर दुख्ने पनि हुन सक्छ, जुन पहिचान गर्न कठिन हुन सक्छ ।बिरामीलाई सुन्निएको ठाउँमा दुख्छ, गह्रौं काम गर्दा नाइटो फुल्ने र सुन्निने हुन्छ तब तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

पहिचान र उपचार

लक्षण हेरेर धेरैजसो हर्नियाको पत्ता लाग्छ । तर पहिचान हुन गाह्रो भएमा अल्ट्रासाउण्ड गर्न सकिन्छ । त्यसबाट पनि सम्भव नभए एमआरआई गरेर हेरिन्छ । कुनै हर्निया अण्डकोषसम्म फुलेर जाँदा हाइड्रोसिलको शंका पनि हुन जान्छ । जाँच गरेर के हो भनेर छुट्याउन सकिन्छ ।हर्नियाको उपचार शल्यक्रिया र लाप्रोस्कोपिक प्रविधिबाट मात्र सम्भव छ । यी दुवै विधिको उपचार सेवा नेपालमा उपलब्ध छ । विना चिरफार गरिने विधि भएकाले लाप्रोस्कोपिक प्रविधि धेरैको रोजाइमा छ । अप्रेसन गरेर बल्झिने र दुवैतर्फ हर्निया छ भने लाप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्न चिकित्सकले सुझाउँछन् ।दमको समस्या र मुटुको समस्या भएका व्यक्तिमा शल्यक्रिया नै उपयुक्त हुन्छ ।

उपचारपछि पुनः ठीक हुन्छ । तर शल्यक्रिया गरेर ६ सातासम्मा भारी काम गर्दा, धुम्रपान गर्नेमा भने पुनः बल्झिन सक्छ । प्रोस्टेटको समस्याका कारण हर्निया भएको व्यक्तिमा त्यसको उपचारसँगै हर्नियाको उपचार गर्नुपर्छ । दम र कब्जियत भएकाहरुले पनि पहिला त्यसलाई कम गरेर शल्यक्रिया गर्दा पुनः हर्निया देखिने सम्भावना कम हुन्छ ।त्यस्तै, मधुमेहका बिरामीको शल्यक्रियापछि संक्रमणको जोखिम सामान्य व्यक्तिको भन्दा बढी हुन्छ । उनीहरुमा मधुमेहको मात्रा रगतमा बढी हुने कारण प्रतिरोध क्षमतालाई दबाउँछ । जसकारण एन्टीबायोटिक औषधि चलाएर मधुमेहलाई नियन्त्रण गरेमा मात्र शल्यक्रिया गर्नुपर्छ ।

तर हर्नियाकको उपचार जति ढिला उपचार गर्‍यो उति शल्यक्रिया जटिल हुन्छ । यसले आन्द्रा कुहिएर फुट्ने र बोसो कुहिने सम्भावना बढ्छ । जसकारण आन्द्रा काटेर फाल्ने र पुनः रुपमा जोड्नेजस्ता समस्या देखिन्छ । उपचारमा ढिलाइ गर्दा आन्द्रा फुटेर दिसा पेटभित्र पुगेर ज्यानै जोखिममा पर्न सक्छ ।धुम्रपान नगर्ने, कब्जियत हुन नदिने, प्रोस्टेट छ भने समयमै उपचार गर्ने, भारी काम नगर्ने, सन्तुलित खानपान गर्ने, दमको समस्या भएमा नियन्त्रण गर्ने, व्यायाम आवश्यकता भन्दा बढी नगर्दा यसबाट केही हदसम्म हर्निया हुनबाट जोगिन सकिन्छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...