- Advertisement -

- Advertisement -

राष्ट्रपतिको सवारीद्वारा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन (तस्बिरहरु)

- Advertisement -

- Advertisement -

काठमाडौँ – शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।११:३० मा विरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए।आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताएका थिए। गम्भीर घाइते सिंहको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ।सोही घटनाको विरोधमा शुक्रबार पनि चिकित्सकहरुले ट्रमा सेन्टरअगाडिको सडकमा प्रर्दशन गरेका थिए। त्यस क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो ।नजिकै निर्मला कुर्मीलाई न्यायको माग गर्दै डेढ महिनादेखि धर्नामा बसिरहेका छन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...