- Advertisement -

- Advertisement -

बडा दशैंको अबसरमा शुभकामना तथा दर्जन श्रष्टा सम्मानित

- Advertisement -

- Advertisement -

काठमाडौं, बडा दशैं २०८१ सालको शुभअबसरमा इभेन्ट बेटर ग्यालेक्सी प्रा.लि.ले काठमाडौंमा शुभकामना आदनप्रदान तथा व्यक्तित्व तथा सर्जक सम्मान कार्यक्रम आयोजना गरेको छ । दशैंको पहिलो दिन घटस्थापनाको अबसरमा काठमाडौंको जमल स्थित नाचघरमा यो शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

समारोहमा इभेन्ट बेटर ग्यालेक्सीद्धारा शुभकामना आदन प्रदानसँगै विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा सामाजिक अभियान्तालाई ‘इबिजी छैटौं राष्ट्रिय व्यक्तित्व तथा सर्जक सम्मान २०८१’बाट सम्मानित गरियो ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसी तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चलचित्र क्षेत्रबाट निर्माता रौनक विक्रम कँडेल सम्मानित भए । यस्तै संगीत क्षेत्रबाट संगीतकार दीपक शर्मा गायिका सरिता भारती, गायिका सञ्जु न्यौपाने सम्मानित भए । सञ्चार क्षेत्रबाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी पारश प्रकाश नेपाल, सञ्चारकर्मी सोफिया महर्जन कार्कीलाई सम्मानित गरियो ।

यो पनि पढ्नुहोस

Wherein life sea years lights fill kind midst Spirit

परेश रावललाई कठोर कारबाही नगर्न आदेश

- Advertisement -

- Advertisement -

सामाजिक क्षेत्रबाट व्यवसायी तथा समाजसेवी नकुल गिरी, सुरेन्द्र गिरी सम्मानित भए । यस्तै सौन्दर्य क्षेत्रबाट पूर्व मिस नेपाल युनिभर्स तथा उद्यमी मनिषा डँगोल श्रेष्ठ, नृत्य कलाकार लिजा श्रेष्ठ, कोरियोग्राफर, मोडल एवम् मेकअप आर्टिष्ट स्वस्तिका भण्डारीलाई सम्मानित गरियो । ज्योतिष क्षेत्रबाट ज्योतिष नजराज भट्ट (भट्ट गुरु) पनि कार्यक्रममा सम्मानित भए ।

- Advertisement -

- Advertisement -

सम्मानितहरुलाई दशैंको टिका लगाएर शुभकामना दिँदै बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकार संघका मोहन अध्यक्ष निरौला, रोज व्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजित, इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकार, गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री, सुमन पण्डितलगायतले कार्यक्रममा सम्मान प्रदान गरेका हुन् ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...