- Advertisement -

- Advertisement -

प्रदेश अदालतले चलाएको छ, मुख्यमन्त्री अदालतमा भेटिन्छन् : गगन थापा

- Advertisement -

- Advertisement -

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संघ र प्रदेशको सदस्य संख्याको आकार घटाउनुपर्ने बताएका छन्। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चोक चोकमा बसेर प्रदेश खारेज गरौं भनेर अर्थ नभएको बताएका हुन्।

यो पनि पढ्नुहोस

Go For Western Economy With These Pioneering

- Advertisement -

- Advertisement -

उनले कम खर्चमा संसद र सरकार चलाएर देखाउनु आवश्यक भएको बताए। थापाले संघीय सरकारको मन्त्रिमण्डलसमेत घटाउनुपर्ने तर्क गरे।

अदालतले प्रदेश चलाएको दाबी गर्दै थापाले मुख्यमन्त्री अदालतमा भेटिन थालेको धारणा राखे। ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्। सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन। प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं,’उनले भने।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...