काठमाडौं। दुधकुण्ड नगरपालिका –७ भित्ताखर्च, साविकको गार्मा गाविस –९ मा जन्मिएका विजय घिमिरे सगरमाथा आरोही हुन् । पहिलोपटक २०७४/२/८ गते र दोस्रो पटक २०७६/२/९ गते र हालसालै गरि तेस्रो पटक गरि तिन चोटी सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्न सफल भएका छन् ।
राष्ट्रिय खुकुरी सबै भन्दा ठुलो नेपाली राष्ट्रिय झन्डा लिई सफलतापुर्वक आरोहण गरेका थिए । विजय निम्न वर्गीय परिवारका सदस्य हुन् उनका बुवा किसान हुन् उनको सानै देखिको सपना थियो सगरमाथा चढ्ने । उनी भन्छन् : म मात्र सगरमाथा पुगेको होईन हामी सम्पूर्ण नेपालीको शिर सगरमाथा पुगेको हो ।
उनले थपे सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही जिल्लाको काखमा जन्मिए त्यही हुर्किए, हिउँमै रमाए । हिउँमै चिप्लिँदै कयौ पटक लडे, कयौ पटक हिउँको चिसोमा परे । सबै कुरा पार गरेर विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भए । आज बिजय घिमिरे सगरमाथा चढेको ६ बर्ष पुरा भएको छ । विश्वको सबैभन्दा अग्लो भएकाले पनि सबै जना सगरमाथा चढ्न मरिहत्ते गर्छन् । प्रयास पनि गर्छन् । कति जनाले आफ्नो प्रयासलाई सार्थक बनाउँछन् । कति त प्रयास गर्दा गर्दै पनि थाकेर हिउँसँगै बिलाउँछन् ।
रहर सबैका हुन्छन् तर सबैका रहर पूरा हुँदैनन् । हरेक मानिस अधूरो र अपूरो रहर बोकेर बाँचेका हुन्छन् । विजय घिमिरे भन्छन्: सगरमाथा चढ्न सजिलो छैन । ज्यानको जोखिम छ । सबै परिवार माया मारेर जाने हो । कसैलाई माया गर्ने हो भने चढ्ने सम्भावना नै छैन । सगरमाथा चढ्न रहरले मात्रै हुँदैन साहस चाहिन्छ । हुनपनि हो ६ बर्ष अगाडी विजय घिमिरेले सगरमाथा चढ्ने साहस बटुले र सगरमाथा चढेर सिंगो नेपाली समुदायको बिशेष गरि शीर उच्च बनाई दिए दलित समुदायबाट निर्मित राष्ट्रिय खुकुरी सगरमाथाको टुप्पोमा पुर्याएका थिए ।
सगरमाथा चढ्नेहरुले केही न केही लैजाने गर्छन् । नाम राख्नैका लागि पनि कुनै न कुनै नयाँ काम गर्ने गर्छन् । तर, विजयले नेपालको राष्ट्रिय हतियार खुकुरी र नेपालको झण्डालाई सगरमाथाको टुप्पोमा पुर्याएका थिए । वीर गोर्खालीको पहिचान भनेको खुकुरी हो । जसले विश्व युद्धमा यही खुरुरीले कालापानी लिपुलेकमा बल भद्र कुवँर , भक्ति थापाहरुले दुश्मनहरुलाई पराजित गरेको इतिहास पनि छ , जसको निर्माता विश्वकर्माले निर्माण गरेका हुन ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा खुकुरी पुर्याएर वीर गोर्खाली र नेपालको नाम राख्न सफल भएका छन् । भने विदेशी पर्यटक लाई पनि सगरमाथाको शिरमा पुरर्याउन सफल भए । उनले अहिलेसम्म धेरै वटा हिमाल चढिसकेको छन् । उनी सुरुदेखि नै शेर्पा भएर हिमाल चढेका थिए । जसले उनलाई सगरमाथासम्म पुग्न मदत गर्यो ।