- Advertisement -

- Advertisement -

दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´सार्वजनिक

- Advertisement -

- Advertisement -

लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन :नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छिन । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´को बिहिबार लोकार्पण गरिएको हो । होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलाेकश्री ,म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलाेकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।
एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलाेकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ‘झिलमिल सितारा´मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन।
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो ।
साथै कार्यक्रममा एल्बममा समाबेश गीत ‘ हे माया´को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलाेकश्रीकै शब्द ,सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।
‘झिलमिल सितारा´का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल ,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।
कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।

यो पनि पढ्नुहोस

Make Realtionship Years Lights Fill Kind In USA

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...