- Advertisement -

- Advertisement -

दुर्गा प्रसाईँ दाबी गर्दै भन्छन् : संसारमा कहीँ नबाँचेको विरामी ल्याँदा हाम्रोमा बाँच्छन्

- Advertisement -

- Advertisement -

काठमाडौँ । बिएण्डसी टिचिङ अस्पताल झापा विर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले विश्वकै आधुनिक प्रविधियुक्त उपकरणमार्फत आफ्नो अस्पतालमा विरामीहरुको उपचार हुने दावी गरेका छन् ।अस्पतालको ‘बिएण्डसी मेरोसाथी विमा योजना’ अन्तर्गत मेची पहाडी जिल्लाको अभियनका लागि पाँचथर पुगेको निर्देशक प्रसाईँले आफूहरुले विश्वस्तरको विश्वस्तरको उपचार गरिरहेको जिकिर गरेका हुन् ।बिएण्डसी अस्पतालमा नेपालको कुनैपनि क्यान्सर अस्पतालको भन्दा राम्रो सेवा उपलब्ध हुने भएकाले उक्त अस्पताल एशियाकै नमुना भएको बताए ।‘बिएण्डसी अस्पताल क्यान्सर अस्पतालको लागि एशियाकै नमूना हो । दिल्लीले पनि उपचारमा भेट्दैन,’ उनले भने, ‘यो आम पब्लिकमा जानकारी होस्।’

उनले पूर्वी नेपालका नागरिकमा अस्पतालप्रति विश्वास नभएपनि पश्चिम नेपाल तथा भारतका नागरिक भने उपचारबाट सकारात्मक प्रभावमा परेकाले सँधै आउने गरेको निर्देशक प्रसाईँले बताए ।अन्य अस्पतालमा रेडिएसन दिँदा निदै विरामीको ज्यान जाने गरेको तर्क गर्दै उनले आफ्नो अस्पतालमा महंगो र स्तरिय उपकराण्का कारण त्यस्तो घटना हुने जोखिम नै नरहेको स्पष्ट पारे ।‘चितवनको अस्पतालमा विरामीलाई रेडिएसन दिँदा दिँदै ज्यान जान्छ,’ उनले भने, ‘किनकी त्यहाँ ११ करोडको मेसिन छ । हाम्रो मेसिन भनेको ९० करोडको हो।’आफू पनि क्यान्सर पीडित भएकाले आफूले नै संसारकै अब्बल अमेरिका तथा सिंगापुरमा प्रयोगमा ल्याइएका मेसिनमार्फत अस्पतालले सुविधा दिने उनको दावी छ ।

यो पनि पढ्नुहोस

Everything You Wanted to Know About mega city’s

- Advertisement -

- Advertisement -

नेपाल सरकारले त्यसप्रकारको रेडिएसन मेसिन ल्याउने कल्पनै नगरेको उनले आरोप लगाए ।बेलाबखत विवादमा आउने र सरकारले मागे आफ्नो अस्पताल नै जिम्मा दिने अभिव्यक्ति दिने गरेका निर्देशक प्रसाइँले स्थानीय स्तरमै उच्चस्तरको अस्पताल बन्नुपर्ने बताए ।त्यस्तै उनले बिएण्सी अस्पतालमा सेवा तथा गुणस्तर अनुसार शुल्कमा पनि सुलभता रहेको दावी गरे ।उनले उक्त अस्पताल नेपालको अन्य अस्पतालहरुसँग तुलनै गर्न नमिल्ने तर्कसमेत गरेका छन् ।

- Advertisement -

- Advertisement -

‘हाम्रो सुविधा भनेको विर्तामोडका अस्पतालहरुसँग कम्प्यारिजन गर्ने सुविधा होइन । संसारमा कहीँबाट नबाँचेको मान्छे ल्याँदा हाम्रो (बिएण्डसी)मा बाँच्छन् । बाँच्ने मान्छे लाँदा अरु अस्पतालमा बाँचेका छन् ।आफू क्यान्सर भएर भारतमा उपचाररत हुँदा त्यहाँ नेपालीहरुले भोगेको समस्या देखेर स्वदेशमै सहज र प्रभावकारी उपचारको व्यवस्था मिलानका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल खोलेको उनको बताए ।विर्तामोड झापामा रहेको बिएण्सी अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत संचालन गरिरहेको छ ।

उक्त अस्पतालले आँफै स्वास्थ्य विमा कार्यक्रमको अवधारणा ल्याएर पूर्वी पहाडमा आफ्नो स्किमको प्रवद्र्धन गरिरहेको छ ।अस्पतालले वार्षिक ६ हजारको विमामार्फत ५० हजार बराबरको स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ ।

- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...