श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौँ,७ पुस | अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य  किरणकुमार अधिकारी थारुकाे हृदयघातकाे कारण असमायिक निधन भएकाे १२ दिनमा  सिराहा जिल्लाकाे लाहान २२ जहादी उहाँकाे घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि हरिकृष्ण गजुरेलले उहाले कहिल्यै पनि आफ्नो जीवनका समस्या नरख्ने, क्रान्ति प्रति प्रतिवद्ध विद्यार्थी नेता , सङ्गठनमा आइपरेका समस्य समाधानका लागि गहकिला सरसल्लाहा दिदै आफुलाई  कहिल्यै केन्द्रमा नराखी  संगठन लाई  त्याग र वलिदानकाे संधर्ष गर्नु पर्ने सुझाव उपाध्यक्ष किरणले दिने गरेकाे नेता गजुरेलले बताउनु भयाे।

यस्तै उक्त कार्यक्रम का अतिथिहरुमा ने.क.पा (क्रान्तिकारी माअाेवादी)का केन्द्रिय सदस्य राम नारायण सिहं, अखिल(क्रान्तिकारी)कि उपाध्यक्ष शिलु न्याैपाने , महासचिव पेशल दाहाल,काेषाध्यक्ष रन्जित शाह,राैटहट जिल्ला सेक्रेटरी प्रहलाद शाह, सिराहा जिल्ला सेक्रेटरी शम्भु शाह थिए । श्याम अधिकारी थारु द्वारा  स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने मन्तव्यकाे क्रममा राजेश विद्रोह र प्रवेश लामाले नेता किरण संगकाे अनुभव जन्य संस्मण सुनाउनुभयाे ।

साथै  किरणकुमार अधिकारी थारुको  स्मृती  अखिल(क्रान्तिकारी) स्मृति गन्थ प्रकासन गर्ने अध्यक्ष गजुरेल ले घोसणा गरेको अखिल(क्रान्तिकारी)कि उपाध्यक्ष शिलु न्याैपानेले जानकारी दिनु  भयाे।