प्रदेश सभा तर्फ माओवादी केन्द्र ५५ स्थानमा विजयी

काठमाडौं,१४ मंसिर । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ।

प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ। निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्र चार स्थानमा विजयी भएको छ।

त्यस्तै बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ १४ सिटमा माओवादी केन्द्र विजयी भएको छ। यसैगरी गण्डकी प्रदेश सभामा चार सिट जितेको छ। लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रले आठ स्थान जितेको छ।