आठपहरिया बस्तीका खानेपानी ,ग्रामीण कृषि सडका समस्या समाधान गर्ने प्रतिवद्वता

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा धनकुटा बाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र कुमार राई प्रदेश १ समानुपातिक उम्मेदवार तारा तितुङ (मनकुमारी ) लगायतका टाेलिले आठपहरीया बस्तीमा चुनावी घरदैलो अभियान सम्पन्न भएको छ ।टोलिले धनकुटा नगरपालिका वडा नं ८ र ७ का विभिन्न टोलका आठपहरिया बस्तीकाे घरघरमा पुगेका थिए ।उम्मेदवारहरु समक्ष खानेपानी ,सडकको समस्या समाधानकाे विषयमा उठाएका समस्या तथा मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्वता व्यक्त गरेकाछन् ।

वडा नं ८ र ७ का याक्त्ते  पाेखरे , सान्ताङ लगायत क्षेत्र का खानेपानी समस्या  समाधान का लागि लिफ्टिङ सिस्टम बाट तमरकाे पानी तानेर खुवाउनुका साथै ग्रामीण कृषि सडकलाई स्तरउन्ति गरेर जुनसुकै समय सवारी चल्ने बनाउने बताए । यस्तै बन्दै गरेको आठपहरिया जातिकाे संग्रहालयलाई थप बजेटकाे व्यवस्थापन गर्ने र चाँडै बनाई सक्ने बताएका थिए । चुनावी घरदैलो अभियान मा सहभागी एमाले पार्टीका उम्मेदवार सहित नेता कार्यकर्ता आठपहरिया जातिको महान पर्व वढाङ्गमेटमा पनि नाचेर रमाइलो तथा शुभकामना आदानप्रदान गरेका थिए ।