क्रान्तिकारी दुई विद्यार्थी संगठन पनि निर्वाचन बहिस्कार अभियानमा सक्रिय

काठमाडौँ,२३ कार्तिक | नेकपा(क्रान्तिकारी माओवादी ) माेहन बैध्यले नेतृत्व गर्नुभएकाे र नेकपा बहुमत धर्वेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएका दुइ पार्टी निकट दुइ विधार्थी संगठन निर्वाचन बहिस्कार अभियानमा सक्रिय हुन थालेको छ | निर्वाचन बहिष्कार गर्न भनि पत्रकार सम्मेलन मार्फत बहिष्कार अभज्ञामा उत्रिने आम रुपमा सार्बजनिक गरेका छन् । अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल र अर्का अखिल(क्रान्तिकारी) का अध्यक्ष मिलन राइ विधार्थी संगठन निर्वाचन बहिष्कार तथा अवज्ञा गर्ने आफ्नो माउ पार्टीले लिएकाे नीति अनुरुप देश व्यापि रुपमा यति बेला मंसिर ४ काे प्रदेश र प्रतिनीधि सभाकाे निर्वाचन बहिष्कार तथा अवज्ञामा आफ्नो नेता/कार्यकर्ता तयार पार्दै जनताहरुलाइ आसन्न निर्वाचन बहिष्कार तथा अवज्ञा गर्न विधार्थी, शिक्षक, मजदुर, किसान, युवा,महिला र आम जनसमुदायमा अपिल गरेका छन ।

दुइ अखिल(क्रान्तिकारी) हरुले संसदवादी राजनैतिक दलहरले देश र जनतालाइ निर्वाचनकाे नाममा महँगी,लुट र हत्या जस्ता कार्य दिन प्रतिदिन बढाइ रहेकाे, युवाहरलाइ देशमै राेजगर र अवसर सृजना गराउन नसक्ने सरकारले युवाहरु विदेशिन बाध्य पार्दै जनताहरुलाइ समृद्धकाे नारामात्र बडेर युवाहरुले पठाएकाे रेमिटेन्सले सरकार चलाउदै लुट मचाउदै भष्टचार र महँगीले जनताहरुकाे जनजीविका दिन प्रतिदिन कष्टकर बन्दै गर्दा समेत अहिले सम्म संसदबादी दलहरुले हल दिन नसकेको बताए । संसदिय व्यवस्था नाङ्गिसकेकाे र याे व्यवस्थामा जुनै व्यक्ति जुनैसुकै पदमा पुगेपनि मक्कि सकेकाे व्यवस्थाले ९५ % जनताहरुकाे मागलाइ सम्बोधन गर्न नसक्ने,त्यसैले जनताहरुले अगिल्लाे निर्वाचनबाट अाफुहरुले विजय गरि पठाएका जनप्रतिनिधिहरुबाट पाठ सिक्नु पर्ने समय अाइसकेकाे अखिल(क्रान्तिकारी) काे केन्द्रिय उपाध्यक्ष शीलु न्याैपानेले बताउनु भयाे।

अखिल(क्रान्तिकारी) दुइ संगठनले विधार्थीहरु र आम जनसमुदायलाइ अहिलेकाे व्यवस्थाले सृजना गरेकाे विकृतिको बारेमा भन्डाफोर गर्ने र उत्रने शक्ति युवा विधार्थीहरुकाे हाे र आम रुपमा जनताहरुलाइ सुचित गर्ने दाइत्व रहेकाे बताउनु भयाे। संसदवादी दलहरुले देश र जनताकाे भलाे विपरित सत्ता र सरकार निर्माणका स्वार्थले आफ्नै पार्ट्टीकाे सिद्धन्त कुल्चेर दलिय समिकरण निर्माण गरेकोले अाफु र अाफ्ना पार्टी एक्लै उभिएर जनतामा जाने हिम्मत कुनै यी संसदवादी पार्टीहरुमा नरहेको बताए ।

यसले नेता र व्यवस्थालाइ जनता प्रति बफादार , सजक र समयसान्दर्भिक बन्न पनि मद्दत गर्दछ । अहिले अखिल(क्रान्तिकारी) देशव्यापि बहिष्कारलाइ प्रभावकारी बनाउन पर्चार प्रसार,काेण सभा, व्यानरिङ््ग, र नेताहरुलाइ ३ पार्टीहरुबिच एकता गराउन व्यस्त रहेकाे र कार्तिक २१ गते प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी प्रवक्त टेक प्रसाद राइलाइ भेटी शान्तिपुर्ण सभा ,जुलुस र कार्यक्रम हरुमा धरपकड नगर्ने तथा नेता कार्यकर्ताहरुलाइ पक्राउ नगर्न र पक्राउ परेका नेता कार्यकर्ताहरु अबिलम्ब रिहा गर्न र निगरान नगर्न दुइ संगठनले जानकारी गराएको र अाफ्ना शान्तिपुर्ण विराेध सभाबाट नेता-कार्यकर्ताहरुलाइ प्रकाउ गरे उत्पन्न परिस्थिति बारे जवाबदेही नहुने बताए ।