गठबन्धनले देशलाई कङ्गाल बनायोः केपी ओलि

काठमाडौं, १९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले गठबन्धनले देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्दै उनले गठबन्धनले देशमा ५० औँ अर्ब विना आयोजना स्रोत सुनिश्चिता भन्दै आफ्ना मान्छेहरुलाई पैसा बाँडेको आरोप लगाएका हुन् ।

ओलिले गठबन्धनलाई स्वार्थले बनेको स्वाभिमान नभएका कठपुतलीको सरकार हो भन्दै औलाएका छन् । उक्त कार्यक्रममा बोल्दै उनले यो अहिलेको गठबन्धनको मृत्यु भईसक्यो भन्दै कोही कोही पम्पिङ गरेर सास फेरिरहेको टिप्णी गरे ।

एमालेले जनताको ओइलाएको आत्मविश्वासलाई पुर्नजागरित गरेर काम गरेका भन्दै कोरोना महामारीमा खोप ल्याएर सबैलाई लगाएको दाबी गरे ।
ओलिले दिशाहिन सरकार बनाएर देशलाई बर्बाद पार्ने कि भिजनसहितको ठोस गन्तव्य र गन्तव्यमा पुग्ने मार्गचित्र भएको पार्टीलाई जिताउने भनि जनतालाई प्रश्न चिन्ह खडा गरे ।