काठमाडौं,१७ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध पीडित भएका कांग्रेसका कार्यकर्ताका तथा पीडित परिवारलाई भेट्न इच्छा व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित गोरखाका गठवन्धन नेता तथा कार्यकर्तासँगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादी तर्फबाट पीडामा परेका तथा क्षति भोगेका परिवारलाई भेटेर मलहमपट्टी लगाउन चाहेको बताएका हुन ।
अध्यक्ष दाहालले संसारभरी गोरखाको पहिचान नेपाल देशको भन्दा पनि उच्च सुनिने गरेको बताएका छन् । गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसारलाई देखिने गरी आर्थिक अभियानको यो महाअभियान गोरखाबाट थालिने बताएका हुन् ।
अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरु अब अन्तिम चरणमा पुगेकोे बताएका छन् । विस्तृत शान्ति सम्झांैता गर्ने क्रमदेखि नै कांग्रेस र माओवादीबीच बलियो सम्बन्ध बनेको पनि उनले जिकिर गरे ।