छथरजाेरपाटी गाउँपालिका वडा नं ३ र ४ मा जनता भेटघाट कार्यक्रम सम्पन्न ,

छथरजाेरपाटी गाउँपालिका वडा नं ३ र ४ मा आज एमाले पार्टी बाट आसान्स मंसिर ४ गते हुने संघीय प्रतिनिधि साभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले मतदाता भेटघाट गरेकाछन् ।

एमाले पार्टीको निर्वाचन केन्द्रीत कार्यक्रम अन्तरगत धनकुटामा पनि जनता तथा मतदाता संग भेटघाट अभियान अन्तरगत अहिले सातैपालिकाकाे वडामा सञ्चालन भईरहेकाे छ ।
गाउँपालिकाकाे वडा नं ३ र ४ मा निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुली लगायतका टाेलिले जनताका समस्या विकास निर्माणका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।

३ र ४ का जनताबाट सडक ,खानेपानी ,सिचाइ ,कृषि , शिक्षा स्वास्थ लगायतका क्षेत्रका समस्या तथा माग राखेका थिए । जनताको माग तथा समस्या टिपाेट गर्दै प्रदेश निर्वाचन क्षेत्र नं २ का प्रत्यासी उम्मेदवार पराजुलीले जनताको यश अघि आफ्नो ५ वर्षको कार्यकालमा धेरै काम गर्न सफल भएको दावि गर्दै फेरि पनि जिताएर पठाए जनताको मतलाई खेर जान नदिने र जनतालाई सिर राखेर काम गर्ने बताउनुभयो ।

अब बाकी रहेको सडक पुर्वधार खानेपानी , शिक्षा ,स्वास्थ , कृषि लगायत क्षेत्रका काम पूरा गर्ने बताउनु भयो । साथै जनताको सडकबाटो निर्माणको चाहनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

अभियानका क्रममा पार्टीका केन्द्र प्रदेश ,जिल्ला ,पालिका वडाका शिर्ष नेताका सहभागी थिए । साेहि अवसरमा वुध संरक्षणका लागि दुईवटा  वडामा वुध संरक्षण समिति गठन गरिएको छ ।