जनता सग भेटघाट हातिखर्क र सल्ले मुख्य प्राथमिकता सडक पुर्वधार निर्माण

नेकपा एमाले पार्टी धनकुटाले आसान्स मंसिर ४ गते हुने संघीय प्रतिनिधि साभा र प्रदेश सभा निर्वाचनका लागि जनता संग भेटघाट कार्यक्रमलाई तिब्ररुपमा अगाडि बढाई रहेको छ । साेहि क्रमा

नेकपा एमाले धनकुटाका निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुली ,समानुपातिक उम्मेदवार तारा तितुङ मनकुमारी उम्मेदवारद्वयले छथरजाेरपाटी गाउँपालिका वडा नं १ र २ का जनता संग भेट गर्नु भएको छ ।

१ र २ का टाेल टाेलमा पुगेर जनता संग भेटघाट गर्दै उनिहरुकाे समस्या तथा विकास निर्माणका विषयमा अन्तरक्रिया गर्ने क्रममा जनताको सल्लाह र सुझाव र मागलाई टिपाेट गर्दै उहाँ हरुले सुशासन, समृद्धि,विकास निर्माण , शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी, सिचाइ लागयत क्षेत्रमा विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो। १ र २ का जनताबाट सडक ,खानेपानी ,सिचाइ ,कृषि , शिक्षा स्वास्थ लगायतका क्षेत्रका समस्या तथा माग राखेका थिए ।


साथै जनताको सडकबाटो निर्माणको चाहनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो। अभियानका क्रममा पार्टीका केन्द्र प्रदेश ,जिल्ला ,पालिका वडाका शिर्ष नेताका सहभागी थिए ।