पूर्व सांसद राईले गरे भेडेटार आहाले –धरान सडक कालोपत्रे गर्ने बाचा

धनकुटा

नेकपा एमाले प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राईले–भेडेटार–आहाले–धरान सडक खण्ड कालोपत्रे गर्ने काम पुरा गर्ने बाचा गर्नुभएको छ ।

राईले शनिबार साँगुरीगढी गाउँपालिकाका नागरिकहरुलाई भेटघाटका क्रममा वडा नं.८ मा भेला भएका स्थानियबासीहरु संग आफूले चुनाव जितेपछि उक्त आयोजना पुरा गर्ने बताउनुभयो ।

यस अघि भेडेटारबाट १० कि.मि.सडक कालोपत्रे हुनुपर्ने भएता पनि कोरोना र प्राविधिक कारणले गोलखाडी सम्मको करिव ६ कि.मि. सम्म मात्र काम भएको थियो ।

भेडेटार–महाभारत–गोलखाडी–सिंकुला–आहाले–चाँदी बजार हुँदै धरान जाने उक्त सडक धनकुटा खण्ड करिव ४० कि.मि.रहेको छ ।

भेटघाट कार्यक्रममा प्रदेश सभा ‘क’ का उमेद्वार निरन राई,समानुपातिक उमेद्वार तारा तितुङ्ग,गाउँपालिका पूर्व अध्यक्ष कुमारजंग याखा लगाएत स्थानिय नेताहरुको टोलीले वडा नं.७ र ८ का नागरिकहरु संग भेटघाट गर्नुभएको थियो ।

टोलीले वडा नं.७ को साँगुरी,गोलखाडी,छिनाम,डढुवा,आस्कोट,दोभान र वडा नं.८ को तातोपानी,केराबारी,लुखा,सिंकुला र साँगुरी गाउँका नागरिकहरु संग भेटघाट सूर्य चिन्हमा मत माग्नुभएको थियो ।