एमाले बिकास प्रेमि पार्टि भएकाले बस्ती बस्तीबाट जनताले साथ दिने : सकुन्तला बस्नेत

धनकुटा ,

धनकुटाकाे महालक्ष्मी नगरपालिकामा नेकपा एमालेकाे पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सहईन्चार्ज सकुन्तला बस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेता कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको थियोे ।

बस्नेतले एमाले बिकास प्रेमि पार्टि भएकाले बस्ती बस्तीबाट जनताले साथ दिने बताउनुभयो । आसन्न संघ र प्रदेश निर्वाचनमा एमालेलाई जिताउनका लागि जनताका दैलोमा बिकास र विश्वासका ऐजेण्डाहरुलाई लिएर पुग्नु पर्ने उहाँको भनाई थियो ।

त्यस्तै जिल्ला कमिटि अध्यक्ष एवम् प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्रद्रमणी पराजुलीले ,“देश बनाउने पार्टि एमाले हो भन्ने कुरा आम जनताले बुझिसकेका छन” । एमालेसँग एक्लै लड्ने सामथ्र्य कुनै दलसँग नभएको दाबी गर्नुभयो । संसदीय मोर्चामा खुला प्रतिस्पर्धा गरेर पार्टीले श्रेष्ठता हासिल गर्ने बताउनुभयो ।

पार्टीका नेता कार्यकर्तालाई   उम्मेदवारकाे विरुद्ध र पार्टीको हित विपरीतका गतिविधि गर्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने अधिकार नगरका ईन्चार्ज , निर्वाचन परिचालन संयाेजकलाई दिएको र कार्वाही गर्ने बताउनुभयो ।

समानुपातिक उम्मेदवार पार्टीका उपसचिव शिव आङ्ला लिम्बूले एमालेको पक्षमा चुनावी माहौल बनाउन सबै नेताकार्यकर्तालाई जुट्न आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सल्लाहकार सदस्य प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सचिवालय सदस्य युवा संघका जिल्ला अध्यक्ष लगायत नगर कमिटी पदाधिकारी सम्पूर्ण नेताकार्यकर्ताकाे सहभागी थियोे ।

नगरकमिटी अध्यक्ष किरण बाबू गिरिकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष युवराज पाैडेलले राखेका थिए भने सञ्चालन सचिव भरत थापाले गर्नु भएको थियोे ।