कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २८ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

कांग्रेसले बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्य-सम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशाको साथै अनुरोधसमेत गरेको छ ।