पाख्रीबासका एमाले नेताकार्यकर्ता लागे चुनावी अभियानमा

धनकुटा ।

पाख्रीबास नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन परिचालन कमिटीकाे पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।

आसान्न मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचन का लागि एमाले पार्टीका तर्फबाट उठाएका उम्मेदवारलाई  अत्यधिक बहुमतले विजयी गराउने उद्देश्यले आयाेजना गरेको  पालिका भेलामा सहभागी नेता कार्यकर्ताहरुलाई पार्टीको नीति र सिद्धान्त भित्र रहेर  पार्टीले दिएको विभिन्न जिम्मेवारी र काम कर्तव्यकाे विषयमा जानकारी गराउदै पार्टीले दिएको जिम्मेवारी  दृढ ढंगले पूरा गर्न जिल्ला कमिटीका शिर्ष नेता उम्मेदवारहरुले निर्देशन दिएकाछन्  ।

कार्यक्रम संघिय प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , निर्वाचन क्षेत्र नम्बर ख का उम्मेदवार उईन्द्रमणि पराजुली , ख का समानुपातिक उम्मेदवार  शिव आङ्ला  लिम्बुले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा  नगर,वडा र टोल कमिटीका नेता कार्यकर्तालाई धनकुटाकाे समृद्धि र विकासका लागि एकबद्दत्ता भै युद्वस्तरमा चुनाव प्रचारप्रसारमा  होमिन आग्रह गर्नु भएको थियोे । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताकाे बृहत् उपस्थिति थियोे ।